September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

शनिबार र आइतबारसहित भदौ महिनामा ११ दिन सार्वजनिक बिदा

Advertisement

भैरहवा– भदौ महिनामा ११ दिन सार्वजनिक बिदा परेको छ। भदौ महिनामा शनिबार र आइतबारबाहेक तीन दिन सार्वजनिक बिदा हुँदा ११ दिन सार्वजनिक बिदा हुने भएको हो।

Advertisement

भदौ महिनामा शनिबार र आइतबार बाहेक जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजको बिदा छ।

भदौ १२ गते जनैपूर्णिमा, १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते तीजको सार्वजनिक बिदा यो महिनामा छ।

त्यसैगरी भदौ ६, ७, १३, १४, २०, २१, २७ र २८ गते शनिबार रआइतबारको बिदा छ।  भदौमा दुई पटक ३-३ दिन लगातार बिदासमेत परेको छ।

भदौ १२, १३ र १४ गते लगातार बिदा छ। त्यसैगरी भदाै १९, २० र २१ गते पनि लगातार बिदा परेको छ।