नाका नजिकै रहेको होटल क्यासल पाहुनाको रोजाई


भैरहवा– रुपन्देहीको बेलहिया नाका नजिकै सञ्चालनमा रहेको होटल क्यासल पाहुनाको रोजाई बनिरहेको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गत सिद्धार्थनगर–३, स्थित आँखा हस्पताल अगाडि रहेको होटलमा स्वदेशी तथा बिदेशी पर्यटक आउने गरेका छन् । यो होटल भैरहवा आँखा अस्पताल र बसपार्क नजिकै रहेकाले पनि आन्तरिक र भारतीय पर्यटकको रोजाइमा पर्छ ।
सञ्चालक थानेश्वर पौडेलका अनुसार २०७२ सालको बैशाखबाट होटल सञ्चालनमा ल्याइएको थियो । होटल सञ्चालन गरेकै महिना मुलुकमा महाभूकम्प गएको थियो । १० करोड लगानी गरेर सञ्चालनमा ल्याइएको होटलमा १८ वटा डिलक्स कोठा छन् । अहिले ८ जना कर्मचारी कार्यरत रहेकोे पौडेलले बताए । होटलमा वातानुकुलित (एसी) जडान रेष्टुरेन्टका साथैं विभिन्न बैठक तथा सेमिनार गर्न व्यवस्थित कार्यक्रम हल छ ।
‘हाम्रो होटल चौबीसै घन्टा खुला रहने गरेको छ,’ सञ्चालक पौडेलले भने, ‘रेष्टुरेन्ट भने राति ११ बजे बन्द गर्छौं ।’ सुरुवाती चरणमा होटलमा पाहुनाको भीड लाग्ने गरेको थियो । भारत, चाइना, म्यानमार, अमेरिका लगायत बाहिरी मुलुका पर्यटक आउने गरेको उनले बताए । उनका अनुसार बैशाखदेखि असारसम्म होटल खचाखच हुन्थ्यो । तर, साउन लागेपछि संख्या कमी हुन्छ ।
समर सप्ताहन्त सकिएपछि भारतीय पर्यटकको आगमनमा कमी आउने गरेको उनले बताए । ‘साउन, भदौ र असोज महिनामा वर्खा हुने भएका कारणले गर्दा पर्यटक आगमनमा कमी आउने गर्छ,’ उनले भने, ‘यो समय पर्यटक नआउने सिजन भएकाले बैंकको ऋण तिर्न पनि गाह्रो हुने गर्छ ।’
२०७४ सालबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने सुनेपछि ऋणधन गरेर होटलमा लगानी थप गरेको सुनाए । भैरहवामा पर्यटनका लागि उपयुक्त वातावरण बन्न नसकेको उनको भनाई छ । ‘२०८३ सालसम्म आउँदा पनि विमानस्थल राम्रोसँग संचालनमा आउन सकेको छैन,’ उनले भने, ‘यसको मार पर्यटनमा देखिएको छ । साथै नेपाल सरकारले लिनुपर्ने नीति पनि पर्यटन व्यावसायीको हितमा रहेको छैनन् ।’ त्यसले गर्दा उपयुक्त वातावरण बन्न नसकेको उनले बताए ।
राजनीतिक अस्थिरताले पनि व्यवसायी मर्कामा परेको उनले सुनाए । स्थिर वातावरण नहुँदा पर्यटन आगमन प्रभावित हुने गरेको छ । पर्यटन नआएपछि व्यवसाय सञ्चालन गर्न समस्या हुने उनको भनाई छ । ‘२०७२ सालको वैशाखमा होटल सञ्चालनमा आयो । त्यसको हप्ता दिनमा भूकम्प गयो,’ उनले भने, ‘जसले गर्दा तीन दिन समय बिताउन श्रीलंकाबाट आएका पर्यटक एकदिन मात्र बसेर गए ।’
त्यसपछि मधेस आन्दोलनका कारण अर्को झट्का सहनु परेको बताए । मधेस आन्दोलनका समयमा होटलका सबै सिसा फुटाएकाले १० लाख भन्दा बढीको क्षति भएको उनले बताए । राज्यले व्यवसायीलाई सुरक्षा प्रदान गर्न नसक्दा लगानीकर्ताले टाउकोमा हात राख्नु परेको उनको अनुभव छ । रुपन्देहीको बेलहिया नाकाबाट लाखौं विदेशी नागरिक मुलुक भित्रिन्छन् । तर, नाकामा पर्यटकलाई भीड, धुलो, फोहोर लगायतले सास्ती भइरहेको छ । नाका पर्यटकमैत्री नभएकाले पर्यटक दिक्क हुने गरेको उनले सुनाए ।
‘भारतीय पर्यटकलाई भन्सारमा एक पटकमात्र चेक गरे पुग्ने हो,’ उनले भने, ‘तर, पटकपटक जाँच गर्दा उनीहरु हैरान हुने गरेका छन् ।’ सरकारको आँखा पर्यटकलाई हेर्ने नजर राम्रो हुन जरुरी रहेको बताए । सरकारले पर्यटनमैत्री वातावरण नबनाएको कारणले गर्दा पर्यटकको संख्यामा कमी आएको उनको बुझाई छ ।
होटल क्यासलमा नेपालीदेखि थरिथरि स्वादका खानाका परिकार पाइन्छ । सफासुन्दर र पारिवारिक वातावरण छ । एकपटक आएका पाहुना यहाँ पटकपटक आउने गरेका छन् । तर, राज्यको नीतिका कारण पर्यटक पर्याप्त आउने वातावरण अझै बन्न नसकेको पौडेल बताउँछन् । विमानस्थल मात्रै राम्रोसँग चल्ने हो भने भैरहवामा थेगिनसक्नु पर्यटक आउने उनको बुझाइ छ ।








लेखकको सम्वन्धमा