राप्रपा जिल्ला अधिवेशनको तयारी तिब्र


भैरहवा–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जिल्ला अधिवेशनको तयारी तिब्र पारेको छ । पार्टीका अनुसार भदौ १४ गते भैरहवामा जिल्ला अधिवेशन तय भएको छ । पार्टीको जिल्ला बैठकले अधिवेशनको मिति तोकेको हो ।
जिल्ला अध्यक्ष सागरप्रताप राणाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति तोकेर तयारी सुरु गरेको हो । केन्द्रिय सदस्य ध्रुव रायमाझीको उपस्थितिमा सिद्धार्थनगर–३, स्थित जिल्ला कार्यालयमा मंगलबार बैठकमा बसेको थियो । बैठकमा केन्द्रिय महाधिवेशन, प्रदेश तथा जिल्ला अधिवेशन सम्बन्धी विशेष छलफल भएको राप्रपा नेता अजय कुमार गुप्ताले बताए ।
बैठकले सबै नेता–कार्यकर्तालाई आगामी अधिवेशन सफल बनाउन उपस्थितिसहित तन, मन, धनले सफल बनाउन आग्रह तथा निर्देशन गरेको उनले जानकारी दिए । गुप्ताका अनुसार केन्द्रिय महाधिवेशन तथा प्रदेश अधिवेशनका लागि सक्रिय सदस्य फारम निर्धारित समयमा अनलाइनमार्फत समेत भरेर बुझाउने, अधिवेशन नभएका वडा, पालिका, क्षेत्रको साउन मसान्तसम्म सम्पन्न गरेर जिल्ला निर्वाचन समितिलाई बुझाउने बैठकले निर्णय गरेको छ ।
पार्टीबाट टाढा (निष्क्रिय रहेका) विभिन्न नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई ‘पार्टी फर्क’ अभियान अन्तर्गत सक्रिय गर्न, गराउन अनुरोध तथा प्रयास गर्ने निर्णय गरिएको छ ।








प्रतिकृया दिनुहोस्