September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

कपिलवस्तु नगरपालिकाका पूर्वप्रमुख सिंह मृत फेला

Advertisement

कपिलवस्तु— गत शुक्रबार साँझबाट सम्पर्कबिहीन कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् । उनी आइतबार गोरुसिंगेको जंगलमा मृत फेला परेका हुन् । शुक्रबार साँझ साढे ५ बजेबाट उनी सम्पर्कविहीन थिए । प्रहरीले तालिम प्राप्त कुकुर र आवश्यक जनशक्ति परिचालन गरेर खोजी गरे पनि उनको अवस्था खुल्न सकेको थिए । जसले परिवार चिन्तित थियो ।

Advertisement

कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टले सिंह मृत फेला परेको जनाए । सिंहको खोजी गर्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको के नाइट शाखाबाट तालिम प्राप्त कुकुर र ड्रोनबाट शनिवार दिनभर खोजी गरिए पनि कुनै कुरा जानकारीमा आउन सकेको थिएन ।

नगर प्रमुख सिंह तौलिहवा–गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा आइतबार फेला परेका हुन् । उनको खोजीमा ८० भन्दा बढी नेपाल र ५० जना सशस्त्र प्रहरी र एक सय हारहारी स्थानीयले शनिबार दिनभरि खोजी गरेका थिए ।