August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

कपिलवस्तुका काँग्रेस सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

Advertisement

कपिलवस्तु– पक्राउ पुर्जी जारी भउपछि सर्वोच्च अदालत गुहारेका नेपाली कांग्रेस कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहलाई केही राहत मिलेको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

Advertisement

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालासले सरकारका नाममा यसप्रकारको अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

शाह कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीविरुद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।