July 22, 2026, Wednesday
२०८३ श्रावण ७ बिहीबार

लागुऔषध सहित दुईजना प्रहरी नियन्त्रणमा

Advertisement

भैरहवा–पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित मंझरिया चोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा रातीमा निगरानी गरेर उत्तरतर्फ आउँदै गरेको युपी ५६ एच १०३३ नम्बरको मोटरसाइकल र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

सवारी साधन र व्यक्तिहरूलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उनीहरूले बोकेको सेतो झोलाबाट लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।

उक्त प्रहरी टोलीले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, लङ्गडी पाकड बस्ने २६ बर्षिय विश्वजित गिरी र पाल्हीनन्दन गाउँपालिकां–६, रगरगंज बस्ने ३६ बर्षिय दिनेश केवटलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित रहेका बुप्रोनोर्फिन ८० पिस, नाइट्रोजेपाम ८० पिस र डाइजेपाम ८० पिस बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा रहेका छन् ।