आन्तरिक र बाह्य पर्यटकको रोजाईमा होटल एसियन बुद्ध


भैरहवा– रुपन्देही सदरमुकाम भैरहवास्थित एसियन होटल प्रालिद्वारा संचालित होटल एसियन बुद्ध आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बनेको छ । भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत बसडिलहवामा रहेको होटलमा अहिले पर्यटकको भीड लाग्ने गरेको छ । सिद्धार्थनगर–८ स्थित यो होटल भारतीय नाकाबाट नजिकै पर्छ ।
क्यासिनो सहितको चारतारे यो होटलमा भारतीयका साथैं बुद्ध धर्मावलम्बी र आन्तरिक पाहुन बढी आउने गरेका छन् । आन्तरिक रुपमा विभिन्न अवसरमा विहे, व्रर्तबन्ध, जन्मदिन लगायत भोज आयोजना गर्ने धेरै हुन्छन् । यस बाहेक सरकारी कार्यालय र व्यवसायिक संघसंस्था र सामाजिक संस्थाले कार्यक्रम र इभेन्टका लागि एशियन बुद्ध रोज्ने गरेको लगानीकर्ता बताउँछन् । गर्मी याममा स्वीमिङ पुलमा रमाउन आउने धेरै हुन्छन् ।
यो होटल चार वर्षअघि लक्जरी होटलका रुपमा स्थापना भएको थियो । होटलको बाहिरी वातावरण र कोठाहरु फराकिला र आकर्षक छन् । होटलमा पार्किङको राम्रो सुविधा छ भने स्वदेशी र बिदेशी परिकार उपलब्ध छन् । यो होटलसँगैं भैरहवामा लगानी ओइरिएको थियो । अहिले भैरहवा–लुम्बिनी खण्डमा स्तरीय होटल सञ्चालन गर्ने लहर चलेको छ । यो होटल सञ्चालन गर्ने बेला पाहुना आकर्षित गर्न समय लागेको थियो । सेवा र सुविधाबारे प्रवद्र्धन गरे पछि पर्यटक ओइरिएका हुन् ।
पछिला दिनमा होटल भरिभराउ हुने गरोको छ । सरदर दैनिक ८० प्रतिशत अकुपेन्शी हुने गरेको होटलका एचआर अपरेसन म्यानेजर जेपी सुवेदीले बताए । उनका अनुसार अहिले होटलमा ६० कोठा छन् । जसमध्ये ४० वटा कोठा डिलक्स छन् । बाँकी स्वीट रुम हुन् । होटलमा रहेका स्वीट रुमको मूल्य ६ हजारदेखि पच्चिस हजार रुपैयाँसम्म पर्छ ।
बेलहिया नाका हुँदै भारतीय र तेस्रो मुलुकका पर्यटक आउने गरेको छन् । गौतम बुद्धकोे जन्मस्थल लुम्बिनीमा आउने पर्यटकले यही नाकाको प्रयोग गर्ने गरेको छन् । एशियन बुद्ध होटलमा भारतीय पर्यटक भने नियमित रुपमा आउने गरेका छन् । म्यानमार, श्रीलंका, चीन, भुटान, थाइल्याण्ड लगायत विश्वका धेरै मुलुकका पर्यटक आउने गरेको सुवेदी बताउँछन् । होटलमा बुद्ध धर्मावलम्बी पर्यटक धेरै आउने गरेका छन् ।

शान्त वातावरण, गुणस्तरीय र थरिथरि स्वादका खानाका परिकार, आकर्षक स्पा, जिम, लगायतले पनि होटलमा पुग्नेहरु सन्तुष्ट हुने गरेका छन् । होटलले पर्यटकलाई विभिन्न चारवटा प्याकेजको व्यवस्था गरेको सुवेदीले बताए । पहिलो कोठा मात्र छ । दोस्रो कोठा र ब्रेकफाष्ट छ । एमएपी प्याकेज अन्तर्गत बेड, नास्ता, खाना र कोठा रहेको एचआर अपरेसन म्यानेजर सुवेदिले जानकारी दिए । पर्यटकलाई लम्बिनी प्रदेशका रमणीय स्थलहरु गुल्मी, पाल्पा, अर्घखाँची गरी देशका प्रमुख सहर काठमाडौं, पोखरा गरी अन्य जिल्लाका मन्दिर अवलोकन गराउँदैं आएको उनले बताए ।
‘यहाँ आएका पर्यटकलाई के गरौं ? कसो गरौं भन्न नपर्ने वातावरण रहेको छ,’ उनले भने, ‘क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम, इन्डोर र आउटडोर ग्याम गरी सबै सेवा र सुबिधा दिँदै आएका छौं ।’
पर्यटक आउने मूल ढोका बेलहिया नाकामा असुविधा रहेको उनले गुनासो गरे । बेलहिया नाकामा रहेको फोहोर, धुलो, पार्किङको व्यवस्था राम्रो नरहेको उनले बताए । यहाँ आएका पर्यटकलाई भाषाको समस्या रहेको र यसले गर्दा पर्यटकलाई असुविधा रहेको उनले जनाए । ‘नाकादेखि नै पर्यटकमैत्री वातावरण बनाउनु जरुरी छ’, उनले भने, ‘यसका लागि तीनै तहका सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्छ ।’








लेखकको सम्वन्धमा