ब्राउन सुगरसहित एक जना पक्राउ


भैरहवा– प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
शनिबार बेलुका अन्दाजी ८ बजेको समयमा सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल चोक नजिकै लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ बस्ने ३४ बर्षिय जगदिश यादव रहेका छन् । उनको साथबाट प्रहरीले १०३ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवलाई खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर बरामद भएको हो । बरामद गरिएको ब्राउनसुगर भने परीक्षणका लागि बिधी बिज्ञान प्रयोगशालामा पठाइएको छ ।
पक्राउ परेका यादवलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी कृष्ण कुमार चन्दले बताए ।








प्रतिकृया दिनुहोस्