May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

Advertisement

भैरहवा– तानसेनस्थित सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव भएको छ । केन्द्रमा १२ जनाको दरबन्दी भए पनि आधा मात्र कार्यरत छन् । सवारी चालक र सहयोगी करारमा छन् ।

Advertisement

पाल्पाको उक्त केन्द्रमा बाली संरक्षण अधिकृत लगायत प्राविधिकको दरबन्दी खाली छ । केन्द्रका प्रमुख जोगिन्दर कान्दुले दरबन्दी खाली हुँदा काम गर्न समस्या भइरहेको बताए । अभाव भएपछि केन्द्रमा पटक पटक कर्मचारी माग गरे पनि पठाइएको छैन । यो २०२५ सालमा वागवानी केन्द्र थियो । २०४९–५० मा वागवानी फार्म पाल्पा नामकरण भएको हो । विसं.२०५२ सालमा पुनः वागावानी केन्द्र नाम रह्यो । २०६० मंसिर ४ पछि सुन्तलाजात फलपूmल विकास केन्द्रमा परिणत भएको कार्यालय प्रमुख कान्दुले बताए ।

सुन्तलाजात फलपूmल विकास केन्द्र नामाकरण गरिए पनि पुरानो वागवानी फार्म–केन्द्रले पुर्याउँदै आएको सेवा यथावत छ । यसले सुन्तलाजात फलपूmलहरुको स्रोत केन्द्रको रुपमा काम गर्दै आएको उनले बताए ।

केन्द्रले वर्षेनि फलपूmलतर्फ सुन्तला, जुनार, कागतीका विभिन्न जात, ओखर, आरु, नास्पाती, स्याउ, आरुवखडा, वर्षे फलपूmल साथै आँप, लिची, केरा, अम्बा, कफी, रुखकटहर कलमी गर्ने गर्छ । विजु विरुवा र विभिन्न सिजनल पूmलका विरुवाहरु तथा तकारी विउ उत्पादनतर्फ काउली (काठमाडौं लोकल) रायो (खुमल रातो पात) मूला (प्यूठाने रातो) सिमी (चौमासे) र प्याज (एग्रीफाउण्ड डार्करेड) जातका मूल बीउहरु उत्पादन गर्दै आएको उनले बताए । ‘हामी उत्पादनसँगै सुलभ तरिकाबाट विक्रीसमेत गर्छौं,’ उनले भने ।

केन्द्रले प्रविधि विकासतर्फ पनि कार्य गरेको छ । एग्रीफाउण्ड डार्करेड जातको प्याज बीउ परीक्षण तथा गानो परीक्षण २० वर्षदेखि केन्द्रमा र कषकस्तरमा गर्दैै आइरहेको छ । दक्ष जनशक्ति विकासमा टेवा पुग्ने उद्देश्यले वार्षिक रुपमा कृषकस्तरमा विभिन्न तालिमहरु समेत सञ्चालन गर्दै आएको प्रमुख कान्दुले बताए । सुन्तलामा जर्मप्लाज्म संकलन तथा सम्वद्र्धन कार्य भैरहेको उनले बताए । कर्मचारी अभावका बीच स्क्रिन हाउसभित्र सुन्तला, जुनार र कागतीका माउबोटहरुको संरक्षण तथा सम्बद्र्धन कार्य गरिएको छ । केन्द्र परिसरमा नमुना घरबारी बगैचा स्थापना गरी सेवाग्राहीलाई उन्नत प्रविधि प्रदर्शन गरिएको छ ।

तन्तु प्रजनन प्रयोगशाला संचालन तथा यन्त्र उपकरण ह्यान्डलिङ्गको लागि जनशक्तीको स्थायीत्व एवम सुनिश्चितता नहुँदा आशातित प्रगती हुन नसकेको प्रमुख कान्दुले बताए । नेपाल कृषि–वन सेवा तर्फ वायोटेक्नोलोजिस्टको स्थायी दरवन्दी स्वीकृत भए केन्द्रलाई थप अनुसन्धानमा सहयोग पुग्ने उनले बताए । सुन्तलाजात फलफूलमा ह्रास आउने समस्या अत्याधिक देखिएकोले हालको संरचना र जनशक्तिमार्फत उक्त समस्या सम्बोधन एवम् समाधान गर्न कठिनाई भएको उनले बताए । ‘सुन्तलाजात फलफूल नर्सरीहरुको दर्ता, अनुगमन, मापदण्ड र उत्पादित विरुवाको गुणस्तर नियमनमा समस्या छ,’ उनले भने, ‘क्षतिपूर्ति व्यवस्था र स्पष्ट कानुनी मापदण्ड नहुँदा सुन्तलाजात फलफुलमा ग्रिनिङ्ग रोग परिक्षण गर्न–परीक्षण गर्दा रोगी देखिएका माउ बोटहरु नष्ट गर्न नर्सरीधनीहरु तयार नहुँदा ग्रिनिङ्ग रोगको विस्तार नियन्त्रण गर्न समस्या भएको छ ।’

सुन्तलाजात फलफूलको नमुना संकलन, परीक्षण र प्रतिबेदन जस्ता विषय समेटिएको एकीकृत मापदण्ड जरुरी रहेको उनले बताए । माउवोट नष्ट गर्नुपर्दा क्षतिपूर्ति उपलव्ध गराउन र पुनः माउ वोट रोपण तथा स्याहार सम्भारको लागि प्रोत्साहन उपलव्ध गराउन कानुनी व्यवस्थाको खाँचो रहेको उनको सुझाव छ । तन्तु प्रजनन प्रयोगशाला स्थापना भई संचालनमा रहेको भएतापनि स्थायी जनशक्ति व्यवस्थापन हुन नसक्दा निरन्तर संचालन तथा व्यवस्थापनमा समस्या रहेको उनले बताए ।

फार्म केन्द्र परिसरमा भरपर्दो सिंचाई सुविधा नहुँदा उत्पादन लक्षित कार्यक्रम प्रभावित हुने गरेको उनले बताए । फिल्ड जिन बैंकको क्षेत्र विस्तार गरी स्थानीय जर्मप्लाज्महरुको संकलन, संरक्षण र संवर्धन गर्न सहयोग गर्नुपर्ने उनले बताए ।

केन्द्रले अघिल्लो आर्थिक वर्षमा ३८ हजार ४९८ बिरुवा बिक्री गरेको छ । २०८०–८१ को तुलनामा २०८१–८२ मा २३ लाख ५० हजार राजश्व वृद्धि भएको उनले बताए । २०८०–८१ मा १२ लाख ९१ हजार राजश्व संकलन गरेकामा २०८१–८२ मा ३६ लाख ४२ हजार राजश्व संकलन गरिएको सुन्तलाजात फलफूल विकास केन्द्रले जनाएको छ ।