लुम्बिनी प्रदेश सभामा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै


दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ ।
शनिबार दिउँसो १ बजे बस्न लागेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो ।
शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ । बिहीबार सरकारले प्रदेशसभामा सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको थियो ।








प्रतिकृया दिनुहोस्