रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु


रोल्पा- भिरबाट लडेर रोल्पामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. २, नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।
जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
उनकाअनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।








प्रतिकृया दिनुहोस्