होटल पौवा भैरहवाद्वारा सचेतना र्याली र रक्तदान


भैरहवा– वार्षिकोत्सवका अवसरमा होटल पौवा प्रालिले भैरहवामा सचेतना र्यालीसहित रक्तदान गरेको छ । बुधबार पौवा भैरहवा शाखाको आयोजनामा होटल परिसरबाट र्याली निकालिएको थियो । र्याली बुद्धचोक, देवकोटाचोक र मिलनचोक हुँदै पुनः होटलमै पुगेर समापन भएको थियो । र्यालीमा होटलका कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो ।
वार्षिकोत्सवकै अवसरमा होटल परिसरमा रक्तदान गरिएको छ । उक्त रक्तदानमा २० युनिट रगत संकलन भएको होटलका महाप्रबन्धक शिान्त खरेलले जानकारी दिए ।
स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई प्राथमिकता दिँदै अघि बढिरहेको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्दैछ ।
होटलका अनुसार चैत्र २६, २७ र २८ गतेसम्म तीन दिन मुलुकका सबै शाखामा ‘पौवा स्वाद उत्सव’ हुँदैछ । पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकहरूलाई विशेष अनुभव प्रदान गरिने जनाइएको छ ।








प्रतिकृया दिनुहोस्