July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

लागूऔषध ओसारपसारमा संलग्न नियन्त्रणमा लिन गोली प्रहार, तीनजना पक्राउ

Advertisement

भैरहवा – लागूऔषध ओसारपसारमा संलग्न आरोपितलाई नियन्त्रणमा लिन प्रहरीले सोमबार मध्ये रात गोली चलाएको छ । लगत्तै प्रहरीले लागू औषधसहित कारोबार आरोपमा तीन जनालाई पक्राउ गरेको छ । गोली लागेर एक जना घाइते भएको प्रहरी जनायो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउ“पालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगन्ज जिल्ला अन्तर्गत पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र त्यही“ ठेगाना भएका २० वर्षीय विनय पाण्डेय रहेका छन् ।

रोहिणी–४, कोटहवामा लागू औषध ओसारपसार गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न लाग्दा फरार भएपछि नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ । सूचना लगत्तै लागु औषध नियन्त्रण ब्युरो भैरहवा र जिल्ला प्रहरीबाट संयुक्त टोली खटिएको थियो ।

रोहिणीको कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको हिरो होन्डा मोटरसाइकल रोकेर जा“च गर्न खोज्दा भाग्ने क्रममा उनीहरू लडेका थिए । लडेका युवकलाई नियन्त्रणमा लिने क्रममा उल्टै ढुङ्गा प्रहार गरेर प्रहरीलाई घाइते बनाएपछि एक राउन्ड हवाई फायरसहित दुई राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई लागू औषधसहित पक्राउ गरिएको डीएसपी चन्दले बताए । बाया“ खुट्टाको पिडुलामा गोली लागेर सामान्य घाइते रोहिणी–२, खुरहुरियाका विशाल यादवलाई तत्काल भैरहवास्थित भीम अस्पताल पु¥याइएको थियो । उपचारपछि घाइते डिस्चार्ज भइसकेको उनले बताए । उनीहरुले मोटरसाइकलमा लुकाएर फेनागन १ हजार १ सय एम्पुल, त्यति नै परिमाणमा डाइजोपाम र ब्रुफिन बरामद गरिएको हो ।