August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

रोल्पामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, तीन घाइते

Advertisement

रोल्पा– रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ भालुबाङ–सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किँदा सुनिलस्मृति गाउँपालिका–२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो ।

Advertisement

गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसास आइतबार बिहान ८ बजेको समयमा रा ६प ५५२७ नम्बरको मोटरसाइकल र रा३प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा १८ वर्षीय साइमन सेन ठकुरी, १८ वर्षकै अर्पण शाह ठकुरी र १६ वर्षीय हिमाल चन्द घाइते भएका छन् । साइमनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइते भएका अर्पण र हिमाल एसईई दिइरहेका विद्यार्थी हुन् ।