August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

निर्माण व्यवसायी महासंघ उपाध्यक्षमा लुम्बिनीबाट खड्का निर्विरोध

भैरहवा– नेपाल निर्माण व्यवसायी महासंघको १३ औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् ।

उम्मेदवारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेदवारी परेको थियो । निर्माण व्यवसायीको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएर खड्का चुनावको तयारीमा जुटेका थिए ।

Advertisement