लुम्बिनीमा रुमिन्देही माई मेलाको तयारी


भैरहवा—बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारबाट लाग्ने रुमिन्देही माई मेलाको तयारी सुरु भएको छ । मायादेवी मन्दिरबाट दक्षिण–पूर्वस्थित बगैचामा मेला सञ्चालन हुँदैं आएको छ । मंगलबारबाटै दर्शनार्थी आउने क्रम सुरु भइसकेको छ ।
मेलाको पूर्व सन्ध्यामा लुम्बिनी स्थित राजकीय विहार नजिक परम्परागत हवन (होम) सँगै शान्ति पाठ गरिएको छ । चैते पूर्णिमाका उपलक्ष्यमा मायादेवी मन्दिर नजिकै मेला आयोजना हुने गरेको छ । उक्त बगैंचामा पाँच दिन सम्म रुमिन्देही माई मेला सञ्चालन हुने गरेको छ । यसै मेलाको पूर्वसन्ध्यामा हवन गरिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियाग्रामका बासिन्दाको आयोजनामा सञ्चालन हुने मेलाको पूर्व सन्ध्यामा गरिएको हवन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सीके गुप्ता र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले शान्ति पाठ गरेका थिए ।
ऐतिहासिक तथा सांस्कृतिक महत्वको रुमिन्देही माई मेलालाई गरिमामय बनाउन हवन कार्यक्रम गरिएको विश्व हिन्दु महसंघ केन्द्रीय सदस्य ओमकार पाण्डेले बताए ।








प्रतिकृया दिनुहोस्