July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

देश हुकुम, सनक र आदेशबाट चलिरहेको छः चौधरी

भैरहवा– दाङका नेता तथा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले मुलुक हुकुम, सनक र आदेशबाट चलिरहेको दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा सहमहामन्त्री चौधरीले काँग्रेस र आफूले देश कानुन, विधि र प्रक्रियाबाट चलोस् भन्ने पक्षमा रहेको बताएका छन्।

‘हिजो भनसुन र चाकरीबाट देश चलिरहेको थियो आज हुकुम, सनक र आदेशबाट चलिरहेको जस्तो छ,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘हामी चाहन्छौं देश कानुन, विधि र प्रक्रियाबाट चलोस् ।’

Advertisement