८ मनिामा महेशपुर भन्सारद्वारा १२ करोड ३० लाख राजस्व संकलन


परासी– पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन असफल भएको छ । भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को फागुन मसान्तसम्म १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा जम्मा १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको छ ।
कार्यालयले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको भन्सार प्रमुख विकाश उपाध्यायले बताए ।
चालु आवको साउनमा एक करोड ६४ हजार ५९७, भदौमा एक करोड ५९ लाख ११ हजार ५४२, असोजमा एक करोड ९१ लाख ९५३, कार्तिकमा ८७ लाख २५ हजार २९७, मङ्सिर महिनामा एक करोड ८३ लाख ३२ हजार ६८३ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, पुसमा एक करोड २३ लाख ९८ हजार ६३६, माघमा एक करोड ६९ लाख ३० हजार १४१ र फागुनमा एक करोड ३९ लाख ४५ हजार ५८४ राजस्व असुली भएको उनले जनाए । चोरीपैठारी नियन्त्रण गर्दै राजस्व असुली पूरा गर्ने लक्ष्य लिएको उनले बताए ।








प्रतिकृया दिनुहोस्