August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

लुम्बिनीमा फैलिएको आगो तीन घण्टापछि नियन्त्रणमा

Advertisement

भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनी विकास कोष परिसरमा फैलिएको आगो तीन घण्टापछि नियन्त्रणमा लिइएको छ । सुरक्षा निकायले संयुक्त रुपमा उक्त आगो नियन्त्रण गरेका हुन् ।

Advertisement

लुम्बिनी विकास कोष परिसरमा बिहीबार बिहान साढे १० बजे आगो सल्किएको थियो । समयमै आगो नियन्त्रणमा लिएकाले विकास कोष परिसरमा रहेका महत्वपूर्ण संरचना जोगिएको सुरक्षाकर्मीले  बताए ।

आगो नियन्त्रणमा नेपाली सेना २५, सशस्त्र प्रहरी ३०, नेपाल प्रहरी १५, लुम्बिनी बिकास कोषका १०, नगरपालिकाबाट १० जना आगो नियन्त्रणमा खटिएका थिए । सशस्त्र प्रहरी बलको लुम्बिनी बेसका प्रमुख डीएसपी पंकज पौंडेलका अनुसार बिहान साढे १० बजे सल्किएको आगोले ३ बिघा वन क्षेत्रमा  नोक्सान पुगेको छ । परिसरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकैं आगलागी भएको थियो ।

डीएसपी पौडेलले सम्पूर्ण सुरक्षा निकाय र स्थानीय सरोकारवालाको प्रयासले सम्मेलन केन्द्रसंगै पुस्तकालय र संग्रँहलयमा क्षति हुनबाट जोगिएको बताए । आगो फैलिन नदिन जेसीवी प्रयोग गरेर बाटो बनाइएको उनले बताए । उनका अनुसार एउटा दमकल र एम्बुलेन्स समेत उपयोग गरिएको थियो । सबै निकायको संयुक्त प्रयासले आगो नियन्त्रण सम्भव भएको उनले बताए ।