सकियो वन डढेलो सप्ताह


देवदह– रुपन्देहीको देवदहमा वन डढेलो न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित वन डढेलो सप्ताह–२०८२ सम्पन्न भएको छ । ‘वन डढेलो रोकथाम, हाम्रो अभियान’ भन्ने नारासहित डिभिजन वन कार्यालय, रुपन्देहीको सहयोग र गाउँ वन समन्वय सञ्जाल देवदह, रुपन्देहीको आयोजनामा चैत्र १ देखि सुरु भएको बन डढेलो सचेतना अभियन सातौं दिन बुद्ध सामुदायिक वनमा कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
डिभिजन वन कार्यालय, रूपन्देहीका बरिष्ठ वन अधिकृत उमेशसाहले डढेलो लगाउनु अपराध भएको भन्दै अपराध गर्नेलाई लुकाउन नहुनेमा जोड दिए । अधिकृत साहले वन डढेलो न्यूनिकरणको लागि सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताए । डढेलो नियन्त्रणको लागि सामुदायिक बनहरुबीच समन्वय सहकार्य आवश्यक रहेको बताउँदै डढेलो नियन्त्रणका लागि उभोक्ताहरुको भूमिका महत्पूर्ण हुनेमा उनको जोड छ ।
गाउँ वन समन्वय सजालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पस अध्यक्ष बासुदेब रिमाल, रोटरी क्लव देवदहका अध्यक्ष अर्जुन न्यौपाने, बुद्ध सामुदायिक वनका सचिव राधिका अर्याल लगायतले डढेलो लाग्न नदिन र लागि हाले नियन्त्रण गर्न सामूहिक प्रयास जरुरी रहेको बताए ।








प्रतिकृया दिनुहोस्