लालीगुराँस सहित सवै फूलबिरुवाको सुरक्षा गर्न रेसुँगा नगरपालिकाको आग्रह


गुल्मी–राताम्मे फुलेका लालीगुराँसका फूल सहितको जंगलले गुल्मीको रेसुंगाको डाँडा यतिवेला निकै सुन्दर छ । येही सुन्दरताले धेरैलाई लोभ्याएकोपनि छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।
तर, रेसुंगा घुम्न जाने कैयन यात्रु तथा पर्यटकले लालीगुराँस फूलको मोहमा लोभिदै फूल टिप्ने र रुख तथा बिरुवाको हाँगा नै भाँचेर क्षती पुर्याउन थालेपछि रेसुंगा नगरपालिकाको ध्यानाकर्षण भएको छ । रेसुंगा नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ ।
लालीगुराँसको फूलपनि टिप्ने र रुख तथा बिरुवाको हाँगा नै भाँचेर क्षती पुर्याउने गरेको गुनासो नगरपालिकामा बढ्दै जान थालेपछि रेसुंगा नगरपालिका यस खालको आग्रह गरेको हो । नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ । रेसुङ्गा क्षेत्र धार्मिक, ऐतिहासिक, पर्यटकीय महिमा रहेको तपोभूभि, देवभूमि, पुण्यभूमि, अमृतभूमि स्थल मानिन्छ ।
रेसुँगा भ्रमण गर्ने महानुभावहरुले रेसुङ्गा क्षेत्रको रमणीय प्राकृतिक सुन्दरतामा खलल पुग्ने गरी लालीगुराँस लगायत अन्य विभिन्न प्रजातिका वोटविरुवाका हाँगा भाँची नोक्सान पु¥याएको गुनासो आएको रेसुँगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताएका छन् । ‘यस खालको कृयाकलापले यहाँको प्राकृतिक सुन्दरतामा ह्रास आएको छ’ उनले सूचना जारी गर्दै भनेका छन्, ‘तसर्थ, रेसुङ्गाको महिमा र प्राकृतिक सौन्दर्यमा ह्रास तथा गिरावट आउने गरी कोही कसैबाट अपवित्र कार्य नगर्नु हुन नगरपालिका हार्दिक अनुरोध गर्दछ ।’
केही दिन अगाडि रेसुंगा क्षेत्रमा जाने पर्यटकले गुराँस टिप्ने, हाँगा भाँच्ने र बोटमै समेत क्षति पु¥याएपछि रेसुंगा नगरपालिकाले यसरी ध्यानाकर्षण गराएको हो ।








प्रतिकृया दिनुहोस्