August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

रूपन्देही प्रहरीद्वारा लागूऔषधबिरुद्ध विद्यालयमा जनचेतना

Advertisement

भैरहवा – जिल्ला प्रहरी कार्यालय, रुपन्देही र मातहत कार्यालयले छात्रछात्रालाई लागूऔषध दूव्र्यसनबाट मुक्त गराउन विद्यालय केन्द्रित जनचेतना कार्यक्रममा जोड दिएको छ । किशोर अवस्थामा लागू औषध दूव्र्यसनमा फस्ने जोखिम भएकाले यस्ता कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी प्रमुख जनकबहादुर शाहीले विद्यार्थीलाई लागू औषधबाट टाढा राख्न प्रहरीले अभियानका रुपमा जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाए । जिल्लाभर प्रहरी कार्यालयबाट यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । प्रहरीले फागुनमा मात्रै विभिन्न चार विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । ती कार्यक्रममा एक सय विद्यार्थी सहभागी थिए ।

फागुनमै प्रहरीले लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि कार्यक्रम गरेको जनाएको छ । उक्त महिना यस सम्बन्धि दुई कार्यक्रममा ६९ जना सहभागी भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ‘फागुनमा एउटा सडक सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम पनि गरियो,’ उनले भने, ‘त्यसमा २० जना सहभागी थिए ।’ फागुनमा प्रहरीले जिल्लाका ४ स्थानमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा २ सय ४७ जना सहभागी भएका थिए ।

फागुनमै समुदाय–साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । गत महिना आत्महत्या रोकथाम सम्बन्धि भएको एउटा कार्यक्रममा ५६ जना सहभागी भएका थिए । मानव बेचबिखन रोकथामका लागि आयोजित कार्यक्रममा ३५ जना सहभागी भएको डीएसपी चन्दले बताए । फागुनमा सञ्चालन गरिएका दुई वटा सडक सुरक्षा तथा सवारी दुर्घटना रोकथाम कार्यक्रममा १ सय १२ जना सहभागी भएका थिए । ‘यस्ता सचेतामूलक कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौं,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘यसबाट समाजमा सकारात्मक प्रभाव पर्छ ।’