August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

ट्याक्टरको ठक्करबाट गुल्मीमा एकजनाको मृत्यु

Advertisement

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार जिल्लाको मदाने गाउँपालिका–१, अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरी भनाई छ ।