भारतबाट १० बालबालिकाको उद्धार


भैरहवा – विभिन्न बहाना भारतका सहर पुर्याइएका १० बालबालिकाको उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध काम गर्ने संस्था किन इण्डिया लगायत सरोकारवालाको पहल र भैरहवास्थित शुभ अवसर ग्राम नेपाल संस्थाको समन्वयमा ती बालबालिकाको उद्धार गरिएको हो ।
भारतका सहरबाट उद्धार गरेर केही दिन अघि बालबालिका रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको हो । यसरी उद्धार गरिएका १० जना मध्ये ६ जना महिला तथा ४ जना बालक छन् ।
भारतको बिहार, दिल्ली, मध्य प्रदेश, सिमला लगायतको स्थानबाट उद्धार गरिएको किन इन्डियाका निर्देशक नविन जोशीले बताए । उनका अनुसार यसरी उद्धार गरिएका मध्येमा १ जना १६ वर्ष अघि हराएकी महिला पनि छन् । १ जना बालिकालाई ललाइफकाई भारतको सिमला पुर्याइएको थियो । ती बालिकाको ४ वर्ष पछि उद्धार गरिएको हो ।
शुभ अवसर ग्राम नेपालका अनुसार यसरी उद्धार गरिएका मध्ये २ जनाा बालक तथा २ जना महिलालाई उनीहरुको परिवारलाई जिम्मा लागाइएको छ । अन्यलाई छिट्टै नै जिम्मा लगाइने जनाइएको छ । उद्धार गरिएका महिला तथा बालबालिकालाई माया प्रेममा पारी, ललाइफकाई गरी, कामको प्रलोभन देखाई भारत लगिएको थियो । उद्धार गरिएका मध्ये कोशी प्रदेशका २ जना, मधेस प्रदेशका ५ र कर्णाली प्रदेशका ३ जना छन् ।








प्रतिकृया दिनुहोस्