श्रम संस्कृतिलाई रूपन्देहीमा ८ हजार धेरै समानुपातिक मत


भैरहवा–यस पटकको निर्बाचनमा पाचौं राष्ट्रिय दलको मान्यता प्राप्त गरेको श्रम संस्कृति पार्टीले रूपन्देहीमा ८ हजार ३५६ समानुपातिक मत प्राप्त गरेको छ ।
नयाँ दलको रुपमा उदाएको श्रम संस्कृति पार्टीले रूपन्देही–१ मा २ हजार ५०४, रूपन्देही–२ मा २ हजार ३२४, रूपन्देही–३ मा १ हजार ५००, रूपन्देही–४ मा ८० र रूपन्देही–५ मा २ हजार ४३ मत पाएको छ ।
यो पार्टीको सस्थापक धरानको निबर्तमान प्रमुख हर्कराज राई हुन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि गठन भएको यो पार्टीले प्रत्यक्षतर्फ ३ स्थानमा बिजय हासिल गरेको छ ।
हर्कराज राई सुनसरी–१ बाट ३५ हजार ७४१ मत प्राप्त गरी बिजयी भएका हुन् । भोजपुर– बाट ध्रुबराज राईले १६ हजार ६६३ मतले बिजयी भएका हुन् । भने, २९ बर्षिय आरेन राईले १६ हजार ६१२ मत प्राप्त गरि बिजयी भएका छन् ।
रूपन्देही २ मा तीन दलको समानुपातिक मत शून्य
फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ रूपन्देही–२ मा तीनवटा राजनीतिक दलले शून्य मत पाएका छन् ।
निर्बाचन आयोगको तथ्याङ्क अनु्सार, प्रजातान्त्रिक पार्टी नेपाल, जनप्रिय लोकतान्त्रिक पार्टी र मितेरी पार्टी नेपालले रूपन्देही २ निर्बाचन क्षेत्रमा शून्य मत प्राप्त गरेका हुन् ।








लेखकको सम्वन्धमा