समानुपातिकतर्फ रूपन्देही-३ मा ४२ दलले पाएनन् सय मत पनि


भैरहवा–रूपन्देही-३ मा ४२ वटा राजनीतिक दलले समानुपातिकतर्फ १ सय मतपनि कटाउन सकेनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सवैभन्दा कम मत ल्याउने दल उन्नत लोकतन्त्र पार्टी रहेको छ । उक्त पार्टीले जम्मा १ मत प्राप्त गरेको छ ।
यसैगरि, पिपुल फर्ष्ट पार्टी ४, समावेशी समाजवादी पार्टी ४, एकल चिन्ह जगर भएको सिंह (सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल) ४, मितेरी पार्टी नेपाल ५, जनअधिकार पार्टी ५, त्रिमुल नेपाल ५, स्वाभिमान पार्टी ६, प्रजातान्त्रिक पार्टी नेपाल ६, समावेशी समाजवादी पार्टी नेपाल ६ र नेपाली जनश्रमदान संस्कृति पार्टीले ६ मत प्राप्त गरेका छन् ।
जनप्रिय लोकतान्त्रिक पार्टीले ७, नेपाली जनता दल ७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७, जय मातृभूमि पार्टी ९, नागरिक शक्ति नेपाल ९, राष्ट्रिय उर्जाशील पार्टी, नेपाल १०, नेपाल मातृभूमि पार्टी १०, नेपालका लागि नेपाली पार्टी १०, नेपाली काँग्रेस (वी.पी.) १२, नेपाल सद्भावना पार्टीले १४, बहुजन शक्ति पार्टी १३, गतिशील लोकतान्त्रिक पार्टीले १३ र नेपाल लोकतान्त्रिक पार्टीले १६ मत प्राप्त गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीले ८३, राष्ट्र निर्माण दल नेपालले ८१, राष्ट्रिय परिवर्तन पार्टीले ७८, नेपाल जनता पार्टी ७१, एकल चिन्ह मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ६८, नेशनल रिपब्लिक नेपाल ६८, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ५९, मंगोल नेशनल अर्गनाइजेशन ५७ मत प्राप्त गरेको छ ।
संयुक्त नागरिक पाटीले ५३, राष्ट्रिय एकता दल ५०, सार्वभौम नागरिक पार्टी ४६, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) ४६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ३६, नेपाल जनमुक्ति पार्टी ३४, एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी) २८, राष्ट्रिय जनता पार्टी नेपाल २३, राष्ट्रिय गौरव पार्टी २३ र जनता लोकतान्त्रिक पार्टी नेपालले १८ मत प्राप्त गरेका छन् ।








लेखकको सम्वन्धमा