August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

प्यूठानमा रास्वपाले पायो समानुपातिकमा ३० हजार ७५२ मत

Advertisement

प्यूठान– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्यूठानमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा आएको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ ३० हजार ७५२ मत प्राप्त गरेको छ । यो मत प्रत्यक्षतर्फ पाएको भन्दा ३ हजार २८३ बढी हो । रास्वपाले प्रत्यक्ष निर्वाचनमा २७ हजार ४६९ मत प्राप्त गरेको थियो ।

समानुपातिकतर्फ नेकपा एमाले दोस्रो स्थानमा रहँदै १६ हजार १९५ मत प्राप्त गरेको छ । एमालेले प्रत्यक्षतर्फ भने १६ हजार ७१० मत पाएको थियो ।

नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ हजार २२६ मत पाएको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ हजार ३३८ मत प्राप्त गरेको थियो ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ हजार १८१ मत पाएको छ भने राष्ट्रिय जनमोर्चाले ७ हजार ६७९ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ नेकपाले ९ हजार ७४ र जनमोर्चाले ७ हजार ६५४ मत पाएका थिए ।

प्यूठानमा कुल १ लाख ६५ हजार ६५२ मतदाता रहेकोमा समानुपातिकतर्फ ८५ हजार १०८ मत खसेको थियो ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ भने रास्वपाका सुशान्त बैदिक निर्वाचित भएका छन् ।