रुपन्देहीमा ६५.८७ प्रतिशत मतदान, मतगणनाको तयारी


भैरहवा–रुपन्देहीमा ६५.८७ प्रतिशत मतदान भएको छ । मतदान गर्नेमा पुरुष भन्दा महिला मतदाता धेरै छन् । भने, सवै भन्दा धेरै रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ३ मा मतदान भएको छ ।
जिल्ला निर्बाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्यालले पांच निर्बाचन क्षेत्र रहेको रुपन्देहीमा बिहीवार ६५.८७ प्रतिशत मतदान भएको र मतदान गर्नेमा पुरुष भन्दा महिला धेरै रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताइन् । उनका अनुसार, रुपन्देहीमा ४ लाख ४२ हजार ९ सय ६३ मतदाताले मतदान गरेका छन् । रुपन्देहीमा कुल मतादाता संख्या ६ लाख ७२ हजार ५ सय २३ थियो ।
‘रुपन्देहीमा पुरुष भन्दा महिलाले मतदान धेरै गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ’ उनले निन् । जसअनुसार, मतदान गरेका मतदातामध्ये २ लाख ३२ हजार १ सय १७ महिला, २ लाख १० हजार ८ सय ४३ पुरुष र अन्य मतदाता संख्या ३ रहेको छ ।
रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर एकमा ९७ हजार २ सय ११ जनाले मतदान गरेकोमा महिलाको सख्या ५२ हजार २ सय ९४, पुरुष ४४ हजार ९ सय १६ र ऋनय मतदाता १ छन् ।दुईमा ८६ हजार ७ सय १५ जनाले मतदान गरेकोमा महिलाको सख्या ४७ हजार १ सय ३५, पुरुष ३९ हजार ५ सय ७८ र अन्य मतदाता २ छन् । तीनमा ९७ हजार ३ सय ८७ जनाले मतदान गरेकोमा महिला ४९ हजार ८ सय ९९, पुरुष ४७ हजार ४ सय ८८ छन् ।
चारमा ७६ हजार ८ सय १२ जनाले मतदान गरेकोमा महिला ३७ हजार ७ सय १८ र पुरुष ३९ हजार ९४ छन् । पाँचमा ८४ हजार ८ सय ३८ जनाले मतदान गरेकोमा महिला ४५ हजार ७१ र पुरुष ३९ हजार ७ सय ६७ रहेको निर्बाचन कार्यालयले जनाएको छ ।
रुपन्देहीका मुख्य निर्बाचन अधिकृत अशोककुमार बस्नेतले पाँचवटै निर्बाचन क्षेत्रमा मतपेटीका धमाधम संकलन भैरहेको र सवै मतपेटीका संकलन भएपश्चात् उम्मेदवार सहितको सर्वपक्षिय बैठक बसेर सहमती अनुरुप मतगणना सुरु हुने जानकारी दिएका छन् ।
‘रुपन्देहीको पाँचवटै निर्बाचन क्षेत्रमा शान्तिपूर्वक निर्बाचन सम्पन्न भएको छ’ बस्नेतले भने, ‘सवै निर्बाचन क्षेत्रमा मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ । सर्वपक्षिय बैठक बसेर निर्णय हुनासाथ मतगणना सुरु हुन्छ ।’ रुपन्देहीमा कुल १ हजार ४ सय ६८ वटा मतपेटीका संकलनका क्रममा छन् ।








लेखकको सम्वन्धमा