June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

चितुवाको आक्रमणबाट युवकको मृत्यु

Advertisement

भैरहवा–बन्यजन्तुको आक्रमणबाट प्रताडित बन्दै आएको बर्दिया जिल्लामा पछिल्लो पटक फेरी एकजना युवाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट बिहीवार उनको मृत्यु भएको हो ।

Advertisement

गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । उनी घाँस काट्न सामुदायिक वनमा गएको बेलामा चितुवाले आक्रमण गरेको थियो ।

बारबर्दिया नगरपालिका–११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले ।

यस भन्दा अघि गत माघ ७ गते सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ बेलभारकी खिदनी थारूको पनि मृत्यु भएको थियो ।