August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

पाकिस्तानी महिलाका श्रीमान् पनि काठमाडौंबाट पक्राउ

Advertisement

भैरहवा– गहना चोरी आरोपमा कपिलवस्तुबाट पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । एयर अरेबियाको जहाजमार्फत मुलुक छाड्न लागेका उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । गत चैत ३० गते कपिलवस्तुको तौलिहवा र चन्द्रौटा बजारमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना रहमान पक्राउ परेका थिए ।

Advertisement

श्रीमती पक्राउ परेपछि १८४८०७१ भएका २३ वर्षीय इफान अली र राहदानी नम्बर एक्यू ५९८८१०३ भएका पाकिस्तानी नागरिक ४४ वर्षीय सफिउर रहमान जहाज चढ्न लाग्दा पक्राउ परेका हुन् । अली कलसुमका र सफिउर सर्वनाका श्रीमान् हुन् । दुवै जनाबाट पाकिस्तानी राहदानी बरामद भएको छ । महिलासित सोधपुछ गर्ने क्रममा श्रीमानसँगै नेपाल आएको बताएका थिए ।

त्यसपछि श्रीमान् पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । प्रहरीले दुवैलाई कपिलवस्तु ल्याएर सोधपुछ गरिरहेको छ । दुवैमाथि अनुसन्धानका लागि सोमबार ८ दिनको म्याद थप गरिएको थियो ।

शिवराज–५, चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा गहना खरिद गर्ने भन्दै दुवै महिला साँझ पसल पुगेका थिए । त्यहाँ गहना हेर्दै व्यवसायीलाई अलमल्याएर ३८ लालको एक जोडी सुनको झुम्का चोरेर भागेका थिए । त्यसै दिन तौलिहवास्थित बागेश्वरी ज्वेलर्स सुनचाँदी पसलमा महिलाले ठगी गरेर भागेका थिए । सुन साट्ने भन्दै एक तोलाभन्दा बढीका गहना मागेर साथीलाई देखाउने बहानामा भागेका थिए । ती महिलाले ठगी गरेको जानकारी पाएपछि पसल सञ्चालकले प्रहरीमा जाहेरी दिएका थिए ।