भैरहवा आएर उपेन्द्र यादवले भने– चुनावको विकल्प छैन


भैरहवा– जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेशको पहिलो एकता अधिवेशन भैरहवामा सुरु भएको छ । शनिबार अधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्था, नेतृत्वको व्यवहार र सरकारको भूमिकाबारे कडा टिप्पणी गरे ।
यादवले विगतका केही नेताहरू केवल प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सीमित रहँदा देशले वास्तविक परिवर्तनको अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘एउटा नेता भन्थे म पाँच पटक प्रधानमन्त्री बने, अर्को भन्थे म चार चोटी प्रधानमन्त्री बने । तर त्यसले परिवर्तन ल्याएन । आज अवस्था यस्तो आयो कि ती नेताहरूलाई भागेर लुक्ने ठाउँसमेत रहेन ।’
उनका अनुसार यो अवस्थाको जिम्मेवारी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्छ । उनी भन्छन्, ‘चुनाब हुनैपर्छ, यसको कुनै विकल्प छैन । अहिले जनता आफूलाई सुरक्षित ठान्न सकेका छैनन् । निर्वाचनको वातावरण बनाउने र गराउने जिम्मा सरकारकै हो ।’
उनले ३५ वर्ष काँग्रेस र कम्युनिष्टहरुले देश हाँके पनि तर कुनै किसिमको परिवर्तन ल्याउन नसकेको आरोप लगाए । कार्यक्रममा अशोक राई नेतृत्वको जसपाका युवा संघ केन्द्रिय अध्यक्ष असलम खान लगायतलाई यादवले पार्टी प्रवेश गराएका थिए ।








लेखकको सम्वन्धमा