संविधानको रक्षा र कार्यान्वयनमा जनता एकाकार भएर लाग्न जरुरीः सभामुख घर्तीमगर

देउखुरी- लुम्बिनी प्रदेशका सभामुख तुलारामघर्ती मगरले संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसको इइमान्दारिताका साथ कार्यान्वयनमा जोड दिएका छन् । संविधान दिवसको अवसरमा अशुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाक्षा पूरा गर्ने संकल्प नेपालको संविधान –२०७२ ले लिएको स्मरण गराएका छन् ।
संघीय शासन प्रणालीको नितान्त नयाँ संरचनाको रुपमा प्रदेश संरचना रहेको र जुन संघीय संरचनाको मुटु र मुल मर्म भएको जनाउनु जनाउँदै संघीयता कार्यान्वयनको क्रममा देखिएका कतिपय कार्यशैलीगत कमीकमजोरीलाई सुधार गर्दै प्रदेशको सबलिकरण जरुरी रहेकोमा जोड दिएका छन् । “संघीयता कार्यान्वयनको क्रममा देखिएका हाम्रा कतिपय कार्यशैलीगत कमीकमजोरीका कारण प्रदेश संरचनाप्रति प्रश्न चिन्ह उठेका छन्”, शुभकामना सन्देशमा उल्लेख छ, “यसलाई गम्भिरतापूर्वक सम्बोधन गर्न र संविधानको भावना तथा जनताको चाहना अनुसार नै संविधान र संघीयता कार्यान्वयनमा सबै गम्भिर र जिम्मेवार बन्नुपर्छ ।”
उनले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान परिमार्जन गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।
लुम्विनी प्रदेश सभाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै सामाजिक न्यायको सिद्धान्तमा आधारित भई जनचहाना अनुसार नै प्रदेशको नीति तथा कानुन निर्माण गरिरहेको बताउँदै उनले संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र नभई सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्न जरुरी रहेको बताएका छन् । “नेपाली जनताको ठूलो बलिदानी पछि उपलब्धीका रुपमा प्राप्त भएको संविधान र संघीयता कार्यान्वयनमा इमान्दारीता पूर्वक लागौं संविधान दिवसको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।
जनताको सार्वभौम संस्था संविधान सभा मार्फत संविधान निर्माण गरी जारी भएको आज १० वर्ष पुरा भएको छ । संविधान दिवस–२०८२ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली आमा–वुवा दिदी–बहिनी एवं दाजु भाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्खै सभामुख घर्ती मगरले यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं क्रान्ति, जेन–जी आन्दोलन तथा संघर्षमा जीवन उत्सर्ज गर्ने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै घाईते अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले संविधान निर्माण प्रकृयामा महत्वपूर्ण योगदान पुर्यााउने संविधान सभा सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्