बुटवलको राजमार्ग चौराहामा प्रदर्शनकारी–प्रहरी झडप

भैरहवा– रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ । जेनजी समूहले सोमबार बिहान ९ बजे बुटवलको राजमार्ग चौराहामा प्रदर्शन आह्वान गरेका थिए । बिहान चौराहामा भेला भएका युवाले प्रदर्शन गरेका थिए । त्यसपछि केही बेर प्रदर्शन मत्थर बनेको थियो । सोमबार दिउँसोबाट पुनः प्रदर्शन चर्किएको थियो ।
प्रहरीका अनुसार अपरान्हबाट राजमार्ग चौराहामा प्रदर्शनकारी र प्रहरीबीच ढुंगा हानाहान भइरहेको छ । यसक्रममा प्रदर्शनकारीले प्रहरीलाई लखेटेका थिए । प्रदर्शनकारीले बुटवल–बेलहिया खण्ड अन्तर्गत राजमार्ग चौराहा नजिक टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि बुटवल र भैरहवामा कफ्र्यू आदेश जारी गरेको छ ।
यसैबीच प्रदर्शनमा संलग्नले सोमबार दिउँसो पूर्व गृहमन्त्री बालकृष्ण खाँणको रुपन्देहीको मणिग्रामस्थित निवासमा तोडफोड गरेका छन् । तोडफोडका कारण निवासका झ्याल र बगैंचामा रहेका गमला फुटेका छन् । अहिले निवास बाहिर स्थानीयको भीड लागेको छ । त्यसअघि प्रदर्शनकारीले भैरहवमा रहेको नेपाली कांगे्रस जिल्ला कार्यालय र नेताका गाडी तोडफोड गरेका थिए ।
जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी
रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड
प्रतिकृया दिनुहोस्