July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

मुर्दा शहरमा

Advertisement

देश गलेको छ
देश थाकेको छ
लासै लासको
लस्करमा
र, यो मुर्दा शहरमा…

Advertisement

लासको थुप्रोमा जिउककदो छु भन्ने
आवासमा
बककाचेका लासको के
कुरा गर्नु ?
यो मुर्दा शहरमा …

लासलाई शरम लाज
र घिन हककुदैन
जिउककदै छु भन्ने भ्रममा
बककाचेको
यो
जिउककदो लासको शहरमा …

ब्यक्ति लहडमा
‘स्व’ उत्थानमा आफ्नै
जय जयकार
आफैं गर्दै
लासै लासको लहरमा
बककाचेको यो जिउककदो
लासको शहरमा …

कसैको स्व मा
आघात पुर्याउने
लासको डिंगुर माथि
चढेर आफ्नै गित
गाउने
यो मुर्दा शहरको
साक्षि बनीरहेछु
लासै लासको शहरमा …

देशको मुटु हो
शहर
मुटु भित्रका
नसाहरूनै
काम नलाग्ने
भइसके
यो मुर्दा शहरमा …

लासहरूको दौडधुपमा
केही हुन्छ भन्ने आशमा
बककाच्न बाध्य यो देश
र,
देश भित्रका
लासहरू
बिना अर्थ बिना काम
यहकका उहकका
दौडिरहेछन्
यो मृत शहरका लासहरू …

लासको कुनै धर्म हककुदैन
लासको कुनै देश हककदैन
यसैले त
लासहरू एक आपसमा
लुछाचककुडि गरिरहेछन्
आफ्नै गीत
गाइरहेछन्
यो मुर्दा शहरमा …

केही जिउककदा मानिसहरू
उडन चाहेर पनि
सकिरहेका छैनन्
चारैतिर लासको डंगुरबाट
बाहिर आउने
क्रम जारी छ
लासको यो थुप्रोबाट
यो मुर्दा शहरमा …

चारैतिर लासै लासको
बिचबाट माथि
उक्लने प्रयासमा
आफैं लास त बन्ने हैन ?
यो मुर्दा शहरमा …