June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

कविताः हाम्रो समाज

Advertisement

कस्तो अनौठो रहेछ यो हाम्रो समाज,
जति नि कुकर्म गरे छैन कुनै लाज ।

Advertisement

यहाँ अगाडि बढे खुट्टा तान्ने प्रवृत्ति तमाम छ,
स्वार्थी समाजमा इमानदारको के काम छ ?

केटाले नै कुल बढाउने,
केटाले नै अग्नि लगाउने ।

के केटीको अस्तित्व छैनन् र,
छोराछोरी एउटै कोखका होइनन् र ?

केटा सबैथोक केटी कोही नि होइनन् र,
फ्लोरेन्स, टेरेसा छोरीले गरेको योगदान छैनन् र ?

केटाले त्यही काम गर्यो भने बहादुरी,
केटीले गर्यो भने किन हुन्छ ऊ नराम्री ?

केही कुरा हुँदैन, छोरीले नजानेको
त्यो परिवारलाई नि छोरीले नै बाँधेको ।

यहाँ धनीलाई सलाम छ,
किन फेरि गरिबलाई अपमान छ ?

के बिचरा ती गरिबको अस्तित्व छैनन् र,
त्यो निर्दोष गरिब के मान्छे होइनन् र ?

यो समाज कस्तो, यहाँ एक अर्कालाई देखी जलन हुन्छ,
त्यो एकीकृत रहेको नेपालको कुरा, कहिले मनमा छुन्छ ।

न जलन, न कसैको हरण,
त्यो समाज हामीले बनाउनु पर्छ ।

तिमी धनी तिमी गरिब होइन,
हामी एउटै समाज गराउनु पर्छ ।

सिद्धार्थनगर, भैरहवा