July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

जीवनभाव

Advertisement

कहिले भाइरस बनेर आउँछ
कहिले शरीर भारी बनाउँछ

Advertisement

कहिले कोरोना बनेर तर्साउँछ
कहिले डेङ्गी बनेर जलाउँछ

कहिले कोलेस्ट्रोल कहिले सुगर
कहिले मुटु कलेजो फियो समाउँछ

स्फुर्त ती अङ्ग अङ्ग उमेर सङ्गै गलाउँछ
पुराना वृक्ष ढल्दै जान्छन्, नयाँ पालुवा पलाउँछ ।

(काफ्ले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव हुन् ।)