विश्व सम्पदा सूचिमा सूचिकृत तयारीमा रहेको तिलौराकोट (तस्बिरहरू)
भैरहवा– कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने अन्तिम तयारी छ । तिलौराकोट बुद्धले बाल्यकाल बिताएको भूमि हो । यो २५ सय वर्षअघिको गणराज्य पनि हो । यहाँ बुद्धले २९ वर्ष बिताएका थिए ।
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटरको दूरीमा छ— तिलौराकोट । उत्तर वाणगंगा नदीको किनारामा रहेको तिलौराकोट विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको स्थान पनि हो । तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ । तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् । ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन् । यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ । यही नै यसको प्रमुख आकर्षण हो । तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने लयमा छ ।
२०१४ सालदेखि तिलौराकोटको उत्खनन तथा अन्वेषण भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको उत्खननमा सहभागी पुरातत्वविद् बताउँछन् । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यसअघि नै यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ ।
शाक्यवंशीय राजा शुद्धोधनको राजधानी प्राचीन कपिलवस्तु दरबार रहेको तिलौराकोटलाई विश्वसम्पदा स्थलमा सूचीकृत गर्ने सन्दर्भमा अनुगमन गर्न उच्चस्तरीय अन्तर्राष्ट्रिय मिसन नेपाल आउने आउँदैछ । मिसनले स्थलगत अनुगमन गरेर दिने प्रतिवेदनका आधारमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन–यूनेस्कोले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचिकृत हुने–नहुने निर्णय गर्नेछ ।
विश्व सम्पदामा सूचिकृत गर्न लुम्बिनी विकास लागिपरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई बताउँछन् । कोषले गर्नुपर्ने सबै काम र तयारी गरेको छ । मिसन टोलीले सम्भवतः विश्वसम्पदामा सूचिकृतका लागि सिफारिस गर्ने कोषको विश्वास छ ।
यहाँ हामीले तिलौराकोटाको केही तस्बीर प्रस्तुत गरेका छौं । लुम्बिनी विकास कोषले आफ्नो फेसबुक पेजमा राखेका केही तस्बीर आममानिसको जानकारी लागि प्रकाशन गरिएको हो । अहिले विसका कोषले तिलौराकोटाको संरक्षण, सम्बद्र्धन र सरसफाइ गरी चिटिक्क पारेको छ । पछिल्लो समय तिलौराकोटा अवलोकनका लागि आन्तरिक, भारतीय र विदेशी पर्यटक आउने क्रम पनि बढेको छ ।
सबै तस्बिरः लुम्बिनी विकास कोषको फेसबुक पेजबाट
प्रतिकृया दिनुहोस्