थारु भेषभुषा चित्रण गरिएको संग्रहालय (फोटो फिचर)
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दंगिशरण गाउँपालिका–३ चखौरास्थित थारु सांस्कृतिक संग्राहलयको अवलोकन गरेका छन् ।
पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रितिरिवाज, भेषभुषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तर, हाल लोप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । आइतबार त्यहाँ पुगेर मुख्यमन्त्री आचार्यले अवलोकन गरेका हुन् । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्राहलयमा थारु समुदायको जन्म, मृत्यु, विवाह लगायतका संस्कारसँग जोडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।
संग्रहालय पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताहरुको आकर्षणको थलो बन्दै गएको छ । विद्यार्थीहरु थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्