January 25, 2025, Saturday
२०८१ माघ १३

आहा ! मनमोहक लुम्बिनी

लुम्बिनी– शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने हरेक व्यक्तिको चाहना हुन्छ । विश्का करोडौं बौद्धमार्गीसहित शान्तिको खोजीमा रहेका जो कोही शान्ति भूमि लुम्बिनी पुग्दा आनन्दित र शान्तिको महसुस गर्छन् । लुम्बिनीमा मायादेवी मन्दिरसँगै दर्जन बढी मुलुकले बनाएका आकर्षक र मनमोहक बिहार छन् । मायादेवी मन्दिर र बिहारको अवलोकन गर्न बर्सेनि स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरेर लाखौं पर्यटक पुग्छन् ।

Advertisement

यहाँ हामीले बुद्ध जन्मस्थल लुम्बिनीको ड्रोनबाट खिचिएका दृश्य प्रस्तुत गरेका छौं । दृश्यमा मायादेवी मन्दिरसँगै विभिन्न देशले बनाएका मोनाष्ट्री देखिएका छन् । पछिल्लो पटक लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन राम्रो हुँदै गइरहेको छ । वर्षायाम भएर पनि यहाँ दैनिक सयौं पर्यटक आउने गरेका छन् ।

सबै तस्बिरः थाई बिहार, लुम्बिनी