December 10, 2024, Tuesday
२०८१ मंसिर २५

सिद्धार्थनगर बनाउन मैले देखेका योजना

रुपन्देहीको सिद्धार्थनगर बुद्ध जन्मस्थल लुम्बिनीको काखमा रहेको सीमावर्ती सुन्दर हो । विभिन्न धर्म, संस्कृति, जातजाती मिलेर बसेको सुन्दर बगैँचा हो । यहाँ थरिथरी फूल जस्ता विविधता भएका समुदाय छन् । समुदायपिच्छे फरक रहनसहन र चालचलन छन् । जसले गर्दा सहर सांस्कृतिक रुपमा धनी छ । मुलुकको ठूलो स्थल नाका यही छ । राज्य सञ्चालनका लागि यही नाकाबाट धेरै राजश्व संकलन हुँदै आएको छ । भैरहवामै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अहिले यो बुद्धनगरी हवाई माध्यामबाट विश्वसित गाँसिएको छ ।

आयात–निर्यात केन्द्रका रुपमा रहेको सहर पर्यटकीय सहरमा परिणत हुँदैछ । दातृ निकायको सहयोगमा सिमावर्ती यो सहरमा बिकास निर्माणका काम भएका छन् । अझैँ यसलाई व्यवस्थित गर्न जरुरी छ । भैरहवालाई ‘स्मार्ट’ सहरमा परिणत गर्न ‘स्मार्ट’ नेतृत्वको आवश्यकता खट्किएको छ । म सिद्धार्थनगरलाई नगरबासीको अपनत्व भएको सहरका रुपमा बिकास गर्न चाहन्छु । त्यसका लागि मैले खाका तयार गरेको छुँ । मैले तयार गरेका योजना असम्भव छैनन् । दैनिक नागरिक जीवनमा आवश्यक र जरुरी योजना तयार गरेको छु । तिनै योजना कार्यन्वयन गरेर सिद्धार्थनगरका बासिन्दाको जनजीवन परिवर्तन गर्ने मेरो सपना छ ।

Advertisement

मेरो सपना साकार पार्न समग्र नगरबासीले मलाई मतदान गरेर जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु । हाम्रा सपना पूरा गर्न सिद्धार्थनगर नगरपालिको प्रमुख पदमा मलाई र उपप्रमुख पदमा गठबन्धनकी उम्मेदवार कमला थापालाई जिताउन हुन अनुरोध छ । नगरको उन्नती र स्वच्छ शासनका लागि हामीले ‘भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता हाम्रो सिद्धार्थनगर नगरपालिका’ नारा तय गरेका छौं । इमान्दारीता पूर्वक मैले भन्नु पर्छ, म कमाउन उम्मेदवार बनेको होइन, सेवासुविधा भोग गर्न उम्मेदवार बनेको होइन । मात्र नगरबासीको सेवाका लागि उम्मेदवार बनेको हुँ । मेरो परिवारले मलाई सेवाका लागि मात्र नगर नेतृत्वमा पुग्न प्रतिबद्ध गराएको छ । त्यो मेरो लागि ठूलो प्रेरणा हो ।

घरदैलोका क्रममा समग्र सिद्धार्थनगरका बासिन्दा र आम मतदाताको चाहना पनि त्यहीँ पाएको छु । तपाइँहरुले नगर प्रशासनमा खोजेको जस्तै परिवर्तन म गरेर देखाउने छु । त्यो सम्भव छ । सम्भव गर्ने तरिका मसित छ । नगरमा लोकतान्त्रिक वातावरण जरुरी छ । नागरिकले लोकतन्त्र अनुभूति गरेमात्र अधिकार सम्पन्न हुनसक्छन् । त्यसपछि मात्र सुखी, स्वस्थ, रोजगार युक्त र स्वाभिमानी नागरिक बनाउन सकिन्छ । मेरो पहिलो काम यहीँ हुनेछ । व्यक्ति, पार्टी, आसेपासे र परिवारको नगरपालिका नभएर समग्र नागरिकको नगरपालिका बनाउन म लाग्ने छु । यसका लागि नगरमा सुशासन जरुरी छ । नगरका कार्यालयबाट चुस्त सेवा प्रदान गर्न आवश्यक छ । त्यसैले नगरका सबै वडामा भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।

प्रशासनिक कार्यलाई चुस्तदुरुस्त पारेर सेवाग्राहीको सन्तुष्टीलाई ध्यान दिनेछु । निर्वाचन पूरा भएको ६ महिना नगरपालिकाको दीर्घकालीन योजना तर्जमा गर्नेछु । नागरिकको गुनासो सुन्न नगर तथा प्रत्येक वडामा एक÷एक थान गुनासो तथा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने छु । नगरका सेवा र सुविधाबारे प्रविधिकयुक्त अभिलेख राख्ने व्यवस्था गर्नेछु । नगरबासीका गुनासा सुन्न छुट्टै टेलिफोनको व्यवस्था गर्नेछु ।

कुनै पनि नगरको बिकासका लागि शिक्षित जनशक्ति र युवा आवश्यक हुन्छन् । शिक्षित नयाँ पुस्तासित नयाँ सोच हुन्छ । नयाँ सोचले नै हामीले मुलुक र विश्वमा अन्य व्यक्तिसित प्रतिष्पर्धा गर्न सक्छौं । अहिले मुलुकबाट शिक्षित र दक्ष जनशक्ति बाहिरिने क्रम जारी छ । यहाँ अतिरिक्त ज्ञान र क्षमता भएका व्यक्ति टिक्न सकेका छैनन् । मेरो पहिलो प्राथमिकता शिक्षित जनशक्तिलाई नगरमै काम गर्ने वातावरण तयार गर्नु हुनेछ । आवश्यक परेमा मुलुक बाहिरबाट दक्ष जनशक्ति नगरमा भित्र्याएर यहाँ सीप बिकास गर्नेतर्फ जोड दिनेछु । नगरमा कोही पनि शिक्षाबाट बन्चित नहोस् भन्नेतर्फ म सधै सचेत र अग्रसर हुनेछ । त्यसैले नगरभित्र सामुदायिक विद्यालयमा पठन–पाठन गर्ने छात्रछात्राका लागि १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने छु । पढेर मात्र पुग्दैन । उनीहरुलाई स्वरोजगार बनाउनु अपरीहार्य छ । त्यसैले अध्ययनसँगै सीप बिकासका लागि प्राविधिक क्याम्पस सञ्चालन गरिनेछ ।

सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि विषेश योजना ल्याउनेछु । सबैंको पहुँच उच्च शिक्षामा पु¥याउन गरिब, पिछडिएका वर्ग र खल्पसंख्यक समूहमा रहेका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गर्नेछु । क्षमता भएका विद्यार्थीका लागि विशेष व्यवस्था गर्नेछु । आधुनिक समयमा आएर महिनावरीका बेला छात्रा विद्यालय नआउने समस्या रहेको छ । यो पीडाको कुरा हो । यस्तो बेला छात्रालाई विद्यालयमा सहज वातावरण बनाउन निःशुल्क सेनेटरी प्याड वितरणलाई अनिवार्य गर्नेछु । बेरोेजगार तथा सीप नभएका युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्नेछु । यहाँ रहेका मदरसालाई व्यवस्थित गर्न जरुरी छ । मदरसा शिक्षा समसामयिक बनाउन विशेष योजना ल्याउनेछु । त्यसका लागि योजना बनाइरहेको छुँ । प्राथमिक उपचारबाट कोही बन्चित नहोस भनेर आवश्यकता अनुसार सामुदायिक विद्यालयमा एक जना नर्सको व्यवस्था मिलाइने छ । यी मेरा वाचा मात्र होइनन् । प्रतिवद्धता हुन् । यसमा आम नागरिकले हातेमालो गर्नुहुनेछ ।

मैले विश्वास लिएको छु । शिक्षा क्षेत्रमा यतिले मात्र पुग्दैन । अपांगता भएका विद्यार्थीलाई विशेष प्रोत्साहन भत्ता व्यव्स्था गरिने छ । नगरपालिकाको दुई नम्बर वडामा रहेको बालबहिरा विद्यालयका लागि विशेष योजना ल्याउनेछु । नगर क्षेत्रमा कक्षा १० सम्म अध्ययन गरेका विद्यार्थीलाई रोजगारी लागि वायरिङ, प्लाम्बिङ, कुक, वेटर, सिलाइकटाई लगायत सीप मुलुक तालीमको व्यवस्था गर्नेछु । अहिले विद्यार्थीलाई नैतिक शिक्षा जरुरी छ । अशल नागरिक उत्पादनका लागि पनि नैतिक शिक्षा आवश्यक छ । त्यसैले विज्ञको सहयोग लिएर पाठ्यपुस्तक निर्माण गरेर नगरभित्रका विद्यालयमा नैतिक शिक्षा लागू गरिनेछ । नगरका प्रत्येक वडाबाट उच्च शिक्षा अध्ययन गर्ने पाँच छात्रालाई वडाको सिफारिसमा एक–एक थान साइकल उपलब्ध गराइनेछ । यो प्रतिवद्धता मात्र होइन्, म लागू गरेरै देखाउनेछु । सबैभन्दा ठूलो स्वस्थ हो । स्वास्थ्य नै धन हो । स्वस्थ्य जीवनका लागि नगरमा आवश्यक व्यायामस्थलको व्यवस्था गरिने छ ।

सिद्धार्थनगर जिल्ला सदरमुकाम हो । यो ऐतिहासिक सहर हो । यहाँ ऐतिहासिक संरचनाको कमी छैन । यहाँ रहेको भीम अस्पतालको इतिहाँस गौरबपूर्ण छ । तर, त्यसअनुसार यसको बिकास हुन सकेको छैन । कार्यकर्ता भर्तिकेन्द्र र नियुक्त खाने अड्डा मात्र बनाइएकाले भीम अस्पताल पूर्वाधार र जनशक्ति व्यवस्थापनमा कमजोर देखिदैं आएको छ । मैले यस्ता परम्पराको अन्त्य गर्दै आगामी पाँच वर्षभित्र सुविधा सम्पन्न बनाएर भीमलाई शिक्षण अस्पतालमा परिणत गरेर देखाउनेछु । यसकासाथै प्रत्येक वडाका स्वास्थ्य चौकीको गुणस्तर बृद्धि गर्नेछु । प्रत्येक वडामा रहेका अपांग तथा जेष्ठ नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ । म समस्यामा परेका नागरिक देख्दा मुन्टो फर्काएर हात हल्लाउँदैं हिडने नगरप्रमुख बन्ने छैन । म आफैँ तपाइहरुको घरदैलोमा आएर समस्याबारे जानकारी लिनेछु । सबै नागरिकलाई स्वास्थ्य बीमा गर्न प्रेरित गर्नेछु ।

क्यान्सर, मृगौला तथा दीर्घ रोगलागेका व्यक्तिको उपचार र रेखदेखका लागि विशेष व्यवस्था र ख्याल गर्नेछु । वडाको सिफारिस आधारमा प्रसुति सेवा तथा निम्न आय भएका सुत्केरीलाई दुई महिनासम्म मासिक दुइ हजार रुपैयाँ सहयोग उपलब्ध गराइनेछ । त्यसका लागि दुइ सन्तान मात्र हुनुपर्नेछ । त्यस्ता सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । हामीले प्रत्येक वडामा न्यूनतम एक सुलभ औषधि पसलकोे व्यवस्था गर्नेछौं । सरुवा रोग रोकथाम तथा उपचारका लागि पालिकाको केन्द्रमा रहेको अस्पताल र वडाका स्वास्थ्य चौकीसँग सहकार्यमा विशेष क्वारेन्टाइनस्थल र उपचार सेवा प्रदान गरिनेछ ।

समग्र सिद्धार्थनगरलाई अर्गानिक सहर बनाउने मेरो लक्ष्य छ । त्यसका लागि प्रत्येक घरमा करेसाबारी निर्माणका लागि प्रोत्साहन गरिनेछ । बारी नहुनेका लागि छत र कौशीमा भए पनि अर्गानिक तरकारी उत्पादनका लागि उत्प्रेरित गरिने छ । यस्ता उत्पादन बढाउन नगरपालिकाका तर्फबाट के सहयोग उपलब्ध गराउनुपर्छ त्यसका लागि म तयार छुँ । सहरमा राससायनिक मल र विषादी प्रयोगलाई निरुत्साहित गर्ने योजना छ । किसानलाई आवश्यकता अनुसार बिऊ, मल, औषधि उचित मूल्यमा उपलब्ध गराइनेछ । प्ररांगारिक मल उत्पादनमा घरेलु उद्योगलाई प्रोत्साहित गर्ने र प्रत्येक वडामा रहेको खेती योग्य जमिनको तथ्यांक संकलन गरेर नागरिक कृषि कार्यक्रम लागू गरिनेछ । कृषिमा यान्त्रिकरण र आधुनिकिरणलाई प्रोत्साहन गरिनेछ । सिद्धार्थनगरको वडानम्बर ५ स्थित हाटबजारमा नवनिर्मित कृषि तथा व्यापारिक भवनको सदुपयोग गरिनेछ । त्यस्तै वडा नम्बर ८ स्थित वीपी पथमा रहेको फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गरिनेछ ।

नगरबासीको आवश्यकता अनुसार पशुपालन र दुध उत्पादनमा संलग्न व्यवसायीलाई प्रोत्साहित गरिने छ । किसानलाई के आवश्यक छ भन्नेबारे बुझ्न उनीहरुको सहभागितामा व्यापक अन्तक्र्रिया आयोजना गरिनेछ । त्यसबाट प्राप्त सुझाव अक्षरस कार्यन्वयन गर्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु । नगरको समग्र बिकास र आर्थिक समृद्धिका लागि कर संकलन अपरिहार्य छ । तर, कर संकलन गर्न यहाँका उद्योगी, व्यवसायीको आर्थिक अवस्थामा सुधार आवश्यक छ । उद्योगी, व्यापारीले आम्दानी गर्ने वातावरण नहुने तर उनीहरुमाथि कर मात्र थोपर्ने काम मेरो नेतृत्वमा हुनेछ । पहिले नगरमा सबैले कमाउने वातावरण तयार गरिनेछ । त्यसपछि आर्थिक अवस्था हेरेर न्यायोचित ढंगले कर निर्धारण गरिनेछ । यसरी प्राप्त कर पारदर्शी ढंगले खर्च गरिनेछ । आफन्त, नातागोताको भरणपोषणमा नगरपालिकाको कर खर्च हुनेछैन ।

कर बढाउने भन्दा यसको दायरा बढाएर राजश्व बृद्धिको नीति अवलम्बन गरिनेछ । मेरो नेतृत्वमा जनताबाट संकलित कर अनावश्यक खर्च गरिने छैन । यो मेरो प्रतिज्ञा हो । उद्यममा महिलाको सहभागिता बढाएर आत्मनिर्भर बनाउन साना तथा लघु उद्योग स्थापना गरेर नयाँ व्यवसाय सञ्चालन गर्न आउने महिला उद्यमीलाई पाँच वर्षसम्म ५० प्रतिशत स्थानीय करमा छुट दिने व्यवस्था मिलाउनेछु । कम्तिमा ५० जना भन्दाबढि व्यक्ति रोजगारीमा रहेको उद्योग स्थापना गर्नेलाई उद्योग सञ्चालनमा आएको मितिले पाँच वर्षसम्म स्थानीय करमा छुट दिइने छ ।

मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गराउने प्रमुख माध्याम खेलकुद हो । त्यसैले खेलको विकासकालागि प्रत्येक वडामा खेलमैदानको व्यवस्था गरिने छ । युवाको शारीरिक विकासको ख्याल गर्दै विद्यालयमा प्राथमिक तहदेखि खेलकुदमा भाग लिन प्रोत्साहित गरिनेछ । आगामी पाँच वर्षभित्र नगरपालिकामा एउटा व्यवस्थित कवर्ड हल निर्माण गरिनेछ । नगरमा रहेका प्रतिभावान खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । खेलमा सहभागिता बढाउन नगर स्तरीय विद्यालयबीच खेदकुद प्रतियोगिता सञ्चालन गरिनेछ । नगरमा सरसफाई र प्रर्यावरणीय बिकासमा ध्यान दिनेछु । प्रर्यावरणमैत्री सहर मेरो लक्ष्य हो । सिद्धार्थगरलाई सफा, हरित, वातावरणमैत्री र फूलैफुलको सहर बनाउने लक्ष्य छ । सहरलाई शून्य प्रदूषणयुक्त बनाइनेछ । त्यसका लागि सहरमा पाँच लाख बिरुवा बृक्षारोपण गरिनेछ । पूर्वाधार बिकासतर्फ नगरका सबै सडकलाई कालोपत्रे र ढलान गरिनेछ । यस्ता सडकमा कंक्रिट मात्र नहोस् भनेर दायाँबायाँ हरियालीयुक्त बनाइनेछ । छाडा चौपाय नियन्त्रणका लागि नगरभित्र व्यवस्थित कान्जी हाउसको निर्माण गरिनेछ ।

सीमाको महत्वपूर्ण सहर भए पनि नगरका सबै बस्ती समेटने गरेर सडक पूर्वाधार निर्माण हुन सकेको छैन । त्यसैले नगरमा रिङरोड निर्माण गरिनेछ । यहाँका सडकलाई मानवमुक्त बनाइनेछ । सहरको सौन्दर्यकरणलाई जोड दिदैँ आधुनिक सडक बत्ति जडान गरिनेछ । नगरमा सबै उमेर समुहका लागि बोटानिकल गार्डेन निर्माण गरिनेछ । त्यस्ता बगैँचामा बालकदेखि बृद्धसम्म रमाउन सकुन भन्ने हाम्रो लक्ष्य हो । नगरको बीचमा रहेको कारागार र सैनिक व्यारेक स्थान्तरण गरेर ती ठाउँमा पार्किङ र बालउद्यान निर्माण गरिनेछ ।

सफा नगरले नै सचेत नागरिकको परिचय दिन्छ । त्यसैले नगरको सरसफाईलाई हामीले विशेष जोड दिनेछौ । नगरभित्र फोहोरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिनेछ । सडक, ढल, नाला तथा सार्वजनिक शौचालयको नियमित सरसफाई गरिनेछ । नियमित सरसफाई भए–नभएको नियमन गरिनेछ । टोलमा रहेका प्रत्येक चार–पाँच घरको अगाडि फोहोर संकलनका लागि डस्टविनको व्यवस्था गरिने छ । वातावरण सन्तुलन कायम राख्न नगरक्षेत्रमा रहेको सार्वजनिक स्थलमा वृक्षारोपण गरिनेछ । सिद्धार्थनगरलाई सधंै हराभरा राख्न सरकारी तथा नीजि भवन छेउछाउ विरुवा लगाइनेछ । उक्त कार्यकालागि आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराइनेछ । यसकासाथै नगरमा बृत्तिबिकास र जेष्ठय नागरिक सम्मानको कार्यक्रमलाई सुरुवात गरिनेछ ।

नगरबिकासमा योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई पुरस्कार, सम्मान नगद पदकबाट विभुषीत गर्ने योजना रहेको छ । स्थानीय कला, संस्कृति चिनाउन नियमित सास्कृतिक कार्यक्रम आयोजानका लागि हलको व्यवस्था गर्नेछौं । उक्त हलमा दैनिक फरक फरक कार्यक्रम संचालनको व्यवस्था मिलाउनेछु । सहरमा खाना महोत्सव, मेला, महोत्सव, प्रदर्शनीजस्ता नगर स्तरीय कार्यक्रमलाई प्रोत्साहित गरिनेछ । नगर सुरक्षाका लागि सीसीटिभी जडान गरिनेछ । विकसित मुलुकका विभिन्न सहरसंग भगिनी सम्बन्ध कायम गरेर आपसी हितका कार्यक्रम बढाइनेछ । नगर क्षेत्रका सार्वजनिक जग्गा संरक्षण गरि उचित व्यवस्थापन गरिनेछ । यहाँ उल्लेखित योजनामात्र सबैथोक होइन । नगरमा रहेका बिज्ञ र प्रतिष्ठित व्यक्तिको सुझाव र सल्लाहमा नागरिकको जीवनस्तर उकास्न थप कार्यक्रम सञ्चालन गरिनेछ । नगरमा अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ । यहाँ उल्लेखित योजना मेरा मात्र होइनन् ।

यी गठबन्धनका योजना हुन । त्यसैले यी कमजोर छैनन् । यिनको कार्यन्वयनमा दलहरु समहत छन । सुन्दर, स्वस्थ्य र हरियालीयुक्त आधुनिक सहर निर्माणका लागि नगरबासीले गठबन्धनका उम्मेदवारलाई चुन्न जरुरी छ । हामीलाई बिजय बनाउन तपाइँहरुसित प्रमुख पदका लागि नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा छापा लगाउन हुन अनुरोध । नगरमा परिवर्तन आवश्यक छ । उक्त परिवर्तका लागि साविकको नेतृत्वलाई बढार्न जरुरी छ । बढार्ने काम आदरणीय मतदाताबाट सम्भव हुनेछ ।