December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

आजलाई चित्त बुझाउनुहोला

म उद्घोषक
आसन ग्रहण गराउँदै छु
ढिलो कार्यक्रम शुरु भए पनि
सबैलाई चिनाउँदैछु
सभापतिको आसन ग्रहण पछि
प्रमुख अतिथि, विशिष्ट अतिथि
अतिथिहरुको आसन ग्रहण हुँदैछ ।
आसनगणकै
क्रमलाई जोड्दैछु
आकासे समाज साहित्यका अध्यक्ष
बतासे साहित्य संघका सचिबको
भर्खरै आगमन भएको छ
अग्रस्थानमा आसन ग्रहणका लागि
अनुरोध छ,
ढोकाबाट भर्खरै छिर्नुभएका
साहित्यकार
समाजको चिरफार गरी साकार पार्ने
नेपाली साहित्यलाई चिर्नेे
आसन ग्रहण गर्नु होला
अगाडि ठाउँ छैन नरिसाउनु होला ।
अन्तिम समयमा आईपुग्नु भएका
हाम्रा उज्वल गजलकार
अत्यन्त उत्तम कवि
जति बखान गरे पनि
छेकिँदैन वहाँको छवि
पदपदमा छ साहित्यको बोझिलो
बोझ
साहित्यको बोझले
कक्रक्क हुनुभएको
वहाँलाई यथास्थानमा
आसन ग्रहण गर्नुहोला
माथि ठाउँ छैन
आजलाई चित्त बुझाउनुहोला ।

Advertisement