March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मान-मर्दन

कलम चलाउनेहरु
पछारिएका छन्
झण्डा विशेष बोक्नेहरु
झण्डु तेलझैं
ठूला साहित्यकार बनेका छन्
साहित्य व्यापारी खोज्न थालेको छ
साहित्य विज्ञापनमा अढेको छ
साहित्य नेताहरुको लहडमा
चलेको छ
एकेडेमी जस्तो संस्था
पार्टीहरुको भागबण्डाको
दुषित थलो बनेको छ ।
इतिहासकै काल खण्डमा
यति धेरै मान मर्दन साहित्यको
कहिल्यै भएन ।।

Advertisement