January 25, 2025, Saturday
२०८१ माघ १३

तेक्वान्दो संघको केन्द्रिय अध्यक्षमा पुनः राणा

भैरहवा– नेपाल तेक्वान्दो संघको केन्द्रिय अध्यक्षमा प्रकाश शम्शेर राणा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न संघको चौथो केन्द्रिय अमहाधिवेशनबाट राणा आगामी चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । योसँगै राणा तेस्रोपल्ट संघको अध्यक्षमा दोहोरिएका हुन् ।

संघको तीन उपाध्यक्षमा संञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दकुमार राई सर्वसम्मचत चयन भएका छन् । यस्तै, महाचिवमा दीपकराज गुरुङ, कोषाध्यक्षमा कासिममियाँ धोवी निर्वाचित भएका छन् । निर्वाचन समितकाअनुसार संघको सदस्यमा कुमार लामा घिसिङ, सम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बश्याल, रवि थापा, राम गिरी, दीपेन्द्रचन्द्र ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिषबहादुर खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

Advertisement

अध्यक्षमा निर्वाचित राणाले संघमार्फत् नेपालमै अन्तर्राष्ट्रिय स्तरको टे«निङ सेन्टर बनाउन पहल गर्ने बताए । उनले नयाँ–नयाँ खेलाडी उत्पादन गर्न संघले भूमिका खेल्ने बताए । ‘हामीले खेलाडी र प्रशिक्षकलाई बाह्य मुलुक पठाएर भए पनि दक्ष, योग्य बनाउने छौं’, उनले भने, ‘सबै जिल्लामा संघ गठन गरेर तेक्वान्दो खेललाई थप व्यवस्थित बनाउँदै लगिनेछ ।’

यसअघि महाधिवेशन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादवले खेलले खेलाडी स्वस्थ हुनु मात्रै नभई राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान गर्ने बताएका थिए । तेक्वान्दो खेलको सरक्षण र सम्बद्र्धन गर्न आफू लागि पर्ने बताए ।