लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)


लुम्बिनी- आज २५६५औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७८ । बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित पाहुना मात्रै सहभागी भएर मनाए । विगतमा जस्तो रमझम भएन । कोरोना महामारीले यस वर्ष विश्व पर्यटन केन्द्र लुम्बिनी सुनसान छ ।

यसैले बुद्ध जयन्ती पनि सीमित पाहुनाबीच मनाइएको हो । आज बिहान लुम्बिनीस्थित मायादेवी मन्दिर परिसार विश्व शान्ति र महामारी अन्त्यको कामना गरी पुजापाठ गरिएको थियो ।

साँझ २५६५ वटा दीप प्रज्वलन गरेर कोरोनाबाट मृत्यु भएकाहरुको सम्झना गरिएको छ । महामारी अन्त्यको कामना गरिएको छ । गत वर्ष पनि कोरोनाका कारण बुद्ध जयन्ती भव्य हुन सकेन । यसअघि विशिष्ट पाहुना बोलाएर मनाइँदै आएको थियो ।

आज साँझ लुम्बिनीमा उपलबध नेपाली भिक्षु, महायानी, बज्रयानी र थेरवादी गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामागुरुहरु, विकास कोषका पदाधिकारीहरुले मायादेवी परिसरमा दीप प्रज्वलन गरेका छन् । लामो समय सुनसान रहेको लुम्बिनीमा दीप प्रज्वलनपछि धपक्क बत्ति बले । जसले गर्दा शान्ति भूमिको मुहार उज्यालो बन्यो । साँच्चिकै हेर्न लायक बन्यो ।








सबै तस्बिरः मनोज क्षेत्री
प्रतिकृया दिनुहोस्