बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने कुनै द्विविधा छैनः प्रधानमन्त्री


भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको भन्ने कुरा अब कुनै द्विविधा नभएको बताएका छन् । २५६५औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०७८ शुभकामना सन्देश दिँदै प्रधानम्नत्री ओलीले पछिल्लो समयमा आएर विभिन्न ठाउँहरुमा, विभिन्न स्थानहरुमा, विभिन्न देशहरुमा रहेका भ्रमहरु टुङ्गिएको बताउँदै बुद्धको जन्मस्थान नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा स्थापित भइसकेको बताएका हुन् ।
उनले भनेका छन्, ‘चन्द्रपात्रोअनुसार वैशाख पूर्णिमाको दिनलाई हामीले सधैँ बुद्धजयन्तीका रुपमा मनाइरहेका हौं, मनाई आएका छौं । त्यसै दिन २६४५ वर्ष अघि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । यद्यपि गौतम बुद्धको जन्म, बुद्धत्व रपरिनिर्वाण एकै तिथिमा भएको हुनाले २५६५औं जन्मदिन वा जन्मजयन्ती भनेर पनि आज मनाइँदै छ ।’
बुद्धका उपदेशहरु मानव जातिको हितमा, विश्व शान्तिको पक्षमा, अहिंसाको पक्षमा, हिंसा, अशान्ति, लडाइँ, द्धन्द्ध, झगडा, परस्परमा घृणा, द्वेष र नराम्रा सोंच र नराम्रा व्यवहारहरुका विरुद्ध भएको हुनाले यसलाई विश्वव्यापी रुपमा मानवीय आकांक्षाको रुपमा स्वीकाररेर संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि नै यस दिनलाई बैशाख डे का रुपमा मनाउँदै आएको अर्थात, बुद्धजयन्तीको रुपमा मनाउँदै आएको उनले शुभकामना सन्देशमा जनाएका छन् ।
आज जतिबेला विश्व विभिन्न ठाउँमा तनावग्रस्त छ, द्वन्द्वग्रस्त छ वा द्वन्द्वका सम्भावनाहरुबाट त्रस्त छ । यस्तो अवस्थामा बुद्धका उपदेशहरु, बुद्धका सन्देशहरु र बुद्धको शान्तिवादी दर्शन, मानवतावादी दर्शन, यसको महत्व र सान्दर्भिकता कायम रहेको मात्रै होइन, अझ बृद्धि भएको उनले जनाएका छन् ।
‘आज मानव जातिलाई हरेक ठाउँमा शान्ति चाहिएको छ । मानव जातिकै कारणले शान्ति खलबलिने हो । मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासहरुबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न, शान्तिलाई दीगो बनाउन सकिन्छ । त्यसैकारण बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेशहरु अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेका छन् । आजको विश्वले यी कुराहरुलाई मनन् गर्नु र अगाडि बढ्नु आवश्यक छ’, प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन् ।
‘अब सिद्धार्थ गौतम बुद्धको जन्मस्थानका बारेमा कुनै द्विविधा रहेन । यद्यपि यो फाइयानको समयमा पनि नरहेको,वेङसाङको भ्रमणका बेला पनि नरहेको, सम्राट अशोकको भ्रमण र उहाँले उहाँले खडा गरेका स्तम्भहरुको समयमा पनि नरहेको, तर बीचमा कतिपय कारणहरुले नेपाल जो बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्धदर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो’, उनले भनेका छन् ।
वभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरु, धार्मिक संकीर्णता जस्ता कुराहरुल बुद्ध दर्शनका विरुद्ध अनेक क्रियाकलापहरु भए र बुद्धका शान्तिका सन्देशहरुलाई यस धर्तीबाटै मेटाउन खोजिए बताउँदै प्रधानमन्त्री भनेका छन् तर, बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखकानिम्तिको उज्ज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ, फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु प¥यो ? बुद्धका विभिन्न रिलिक्स अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट यी कुराहरुको खोजी हुन थाल्यो ।
‘अझै पनि दुनियाँका कतिपय देशहरुका पाठ्यक्रमहरुमा यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पिढीलाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउने तर्फ, सत्य सिकाउने तर्फ रबालबालिकाहरुलाई सत्य कुरा अवगत गराउने दिशातर्फ म सबैको ध्यानकर्षण पनि गराउन चाहन्छु’, उनले भनेका छन् ।
अब कुनै द्विविधा छैन कि बुद्धको जन्म लुम्बिनीमा भएको थियो र बुद्धवादको मुहान पनि त्यहीं थियो, जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराहरुबाट मुक्ति कसरी हुन्छ भन्ने कुराको खोजीमा दरवार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनु भएको थियो । त्यहंीबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ । यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल हो। यी तथ्यहरुसम्म पुर्याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याई पुर्याउन योगदान गर्नुहुने इतिहासका सबै महान पात्रहरु र लुम्बिनीको विकासको सम्बन्धमा गुरुयोजना बनाउने टांगे लगायतका महानुभावहरु, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने संयुक्त राष्ट्रसंघको विषय बनाउने र लुम्बिनीको विकासमा विशेष अभिरुचि राखेर योगदान गर्ने संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तलाई पनि प्रधानमन्त्रीले सम्झेका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘आज हामीले लुम्बिनीको विकासको प्रयासलाई फेरि अगाडि बढाएका छौं । लुम्बिनीको विकासका प्रयासहरु अहिले भर्खरै पनि, हालसालै पनि सिद्धार्थ गौतम बुद्धको बुबाको दरवार अथवा शुद्धोधनको दरवारको वैज्ञानिक जाँच र उत्खनन्का कार्यहरु हालै पनि भएका छन् । जमिनको एक्स–रे गरेर, जमिन मुनि कस्तो दरवारको भंग्नावशेष छन् भन्ने कुराहरु पत्ता लगाएर, त्यसको उत्खनन् गरिनेछ। ती कामहरु अत्यन्तै ऐतिहासिक महत्वका छन् । र, तिनको कुन समय थियो, त्यहाँभित्र प्राप्त भएका सामानहरु भन्ने कुराले पनि त्यो समयलाई देखाउँछ र यसअघि नै बुद्धकाल कुन थियो भन्ने अवगत हुन्छ । यो कुरा त्यहाँका इँटालगायतका अन्य भंग्नावशेषले पनि देखाएका छन् ।’
अहिले बुद्धको मावली घर, जन्मथलो, पिताको दरवार र रामग्रामको स्तुपा, जहाँ विश्वमा उत्खनन् नगरिएको एकमात्र बुद्ध अस्तु त्यहाँ छ, त्यस क्षेत्रलाई समेत लिएर बृहत्तर लुम्बिनी सर्किटको व्यवस्थापन गरिरहेको उनले जनाएका छन् । ‘हामीले लुम्बिनीलाई फरक ढंगले विकास गर्नुपर्छ भनेर त्यसलाई नयाँ ढंगले फलफुल बगैंचाको रुपमा बृक्षारोपण गर्नेदेखि त्यहाँ पाँच हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र ध्यानकेन्द्र निर्माण गर्ने काम गरिरहेका छौं । र, अहिले ध्यानकेन्द्र लगभग तयारी अवस्थामा पुग्न लागेको छ । त्यसभन्दा अगाडि नै वर्तमान सरकार बन्नेवित्तिकै हामीले त्यहाँ तीन हजार क्षमताको ध्यानकेन्द्र र सभाहल तत्काल निर्माण ग¥यौं र अब लुम्बिनीलाई हाम्रो इतिहासको गौरव, हाम्रो देशले विश्वमानव जातिलाई दिएको सन्देश, यी कुराहरुको सम्मान, स्मरण र धारण गर्दै अगाडि बढ्ने सन्दर्भमा महत्वपूर्ण कामहरु गरिरहेका छौं’, उनले भनेका छन् ।
लुम्बिनी बौद्ध धर्मालम्बीहरुको एउटा तीर्थस्थल हो । विश्वभरिका बुद्धमार्गीहरु, शान्तिप्रति आस्था हुने व्यक्तिहरु, शान्तिका अनुयायीहरु र आकाङ्क्षीहरु सबैका निम्ति लुम्बिनी तीर्थस्थल हो । र, जीवनमा एकपटक लुम्बिनी आउने र सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हेर्ने, त्यो पवित्र धर्तीलाई स्पर्श गर्ने,त्यो मानवीय इच्छा पूरा गर्नका लागि पनि हामीले अनुकूल बनाउन आवश्यक थियो र छ । ‘त्यसै सन्दर्भमा हामीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बौद्ध विमानस्थल, लुम्बिनी बौद्ध विमानस्थल भनेर निर्माण गरिरहेका छौें । अब त्यहाँबाट उडान संचालन गरेर सिधैँ विश्वका कुनै पनि देशका मानिसहरु सोझै लुम्बिनीमा आउने, त्यस पवित्रस्थलको दर्शन गर्ने र त्यहाँको वातावरणबाट शान्तिका निम्ति प्रेरित हुने, त्यसबाट आत्मिक, मनोवैज्ञानिक वा विचारधारात्मक सकारात्मक परिवर्तन लिने कामहरु गर्न सक्ने परिस्थिति हामी निर्माण गरिरहेका छौं’, उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस्