June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

प्रधानमन्त्री कार्कीद्वारा बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण

Advertisement

लुम्बिनी–प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरि लुम्बिनीको विविध पक्षका वारेमा जानकारी लिएकी छन् । शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेकी प्रधानमन्त्री कार्कीको साथमा उनको श्रीमान दुर्गा सुबेदी पनि थिए ।

Advertisement

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको ऐतिहासिक, धार्मिक, साँस्कृतिक र विकासका गतिबिधि वारे जानकारी लिएकी थिइन् । लुम्बिनीको ऐतिहासिक संरचना तथा सम्पदाको संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने सुझाव उनले दिइन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्लाको सुरक्षा अवस्था, तयारी र समन्वयको अवस्थाबारे जानकारी लिने क्रममा शनिवार उनी लुम्बिनी आइपुगेकी हुन् ।

प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको जनाउँदै लुम्बिनीको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाहरूबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले जनाइन् । माँयादेवी मन्दिर भ्रमणका क्रममा उनको स्वागतार्थ तथा अन्य दर्शनार्थीसँगपनि उनले कुराकानी गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले माँयादेवी मन्दिर परिसरमा पूजाआजा पनि गरेकी थिइन् । उनले लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय, अशोक स्तम्भ, सभाहल र थाइ बिहारकोपनि अवलोकन गरेकी थिइन ।

प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले स्वागत गर्दै लुम्बिनीको विविध पक्षबारे जानकारी गराएका थिए । कोषका पदाधिकारीले प्रधानमन्त्री समक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीहरूबारे जानकारी गराएका थिए ।