June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

कांग्रेसबाट टिकट नपाएपछि प्रमोद यादव बने एमालेबाट उम्मेदवार

Advertisement

भैरहवा– नेपाली कांग्रेसबाट टिकट नपाएपछि नेता प्रमोदकुमार यादवले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरेका छन्। उनले रुपन्देही क्षेत्र नम्बर चारमा एमालेबाट उम्मेदवारी दिएका हुन् ।

Advertisement

मंगलवार बिहानसम्म रुपन्देही ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने गरी निर्णय गरेको भए पनि टिकट आशुतोष मिश्रलाई दिएपछि यादव एमाले प्रवेश गरी उम्मेदवार बनेका हुन् । उनी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७९ मा भने पराजित भएका थिए ।

यो क्षेत्रबाट जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, रास्वपाबाट कन्हैया यादव, काँग्रेसबाट आशुतोष मिश्र, जनमतबाट भोपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।