प्रथम भैरव नकआउट फुटबल : भैरव युवा क्लब फाइनलमा


भैरहवा–सिद्धार्थनगर–१, पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’मा बिहीवार भएको दोस्राे सेमिफाइनल खेलमा भैरव युवा क्लव रामग्राम, नवलपरासी विजयी हुँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पक्लिहवा माविको खेल मैदानमा बुद्ध युवा क्लव ठुटिपिपल ओमसतिया, रुपन्देहीलाई पराजित गर्दै भैरव क्लव फाइनलमा पुगेको हो । भैरव युवा क्लव २–० गोलले बिजयी भएको हो । निर्धारित ७० मिनेटको खेलमा ३२ औं मिनेटमा भैरवका खेलाडी अनुज गैरेले पहिलो गोल प्रहार गरेका थिए । भने, उक्त क्लवकै खेलाडी मनिष थारुले मध्यान्तर हुनु अघि दिइएको अतिरिक्त २ मिनेटको समयमा अर्को गोल प्रहार गर्न सफल भएका थिए ।
बुद्ध युवा क्लवको तर्फबाट गोलका धेरै पटक प्रयास सफल हुन सकेन । बुद्धले गोल गर्ने चार–पाँचवटा अवसर प्राप्त गरेको भए पनि गुमाएको थियो । बिहीवारको खेलमा भैरव क्लवका मनिष थापा म्यान अफ द म्याच भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे । भैरवका सुजल अर्याल र बुद्धका सन्दिप केसीलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

बिहीवारकाे जितसँगै भैरवा युवा क्लव प्रतियोगिताको सम्पूर्ण युवा क्लव सुपौली तिलोत्तमा रुपन्देहीसँग फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ । सम्पूर्णले बुधवार मोनस्टर गाइज सुनवल नवलपरासीलाई ट्राइब्रेकरको आधारमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।
आयोजक भैरव युवा क्लव सिद्धार्थनगर नपा–१ नयाँ गाउँ, रानी गाउँका अध्यक्ष यामबहादुर थापाले फाइनल यही शनिवार हुने जानकारी दिए ।








लेखकको सम्वन्धमा