स्टिकर


हृतिकले नयाँ पाइन्टमा स्टिकर टाँसेछ । त्यो पाइन्ट केही दिनअघि मात्र मोतीलालले स्याउ बेचेको पैसाले ल्याइदिएको ।
मोतीलाललाई रनाहा छुट्यो ।
भएको के रहेछ भने, भलिबल खेल्दा लडेर पाइन्ट फाटेछ अनि त्यही फाटेको ठाउँ ढाक्ने गरी स्टिकर टाँसेको रहेछ ।
बिग्रिएका स्याउमा देखिने प्वालमा पनि यसैगरी स्टिकरले टाँस्न पाए !
मोतीलाल सुहाउँदो स्टिकरको खोजीमा लाग्यो । केही दिनपछि मोतीलालको टोकरीमा प्वाल भएका/नभएका सबै स्याउ स्टिकरसहित देखिए ।
हृतिक अचेल फाटेको पाइन्टमा स्टिकर टाँस्दैन, फेसन नै यस्तो आयो । ऊ पसलमा फाटेकै पाइन्ट खोज्छ र किन्छ ।
मोतीलालको कुरा अलिक फरक छ । बिचराले अहिलेसम्म न पेसा परिवर्तन गर्न सकेको देखियो न स्टिकर टाँस्न नै छाड्यो ।
-baahrakhari








प्रतिकृया दिनुहोस्