यादका तरंगहरू

- पब्लिक कुरा
- २०८१ चैत्र ३०
- 415 Shares
मैले बोकेको
यो जीवनरूपी किताबमा
जब यादका पानाहरू
पल्टाउँदै पल्टाउँदै
अनायास हराएको
त्यो समय खोज्छु,
म फेरि आफैँमा हराउँछु
त्यही समयसँगै
यी यादहरू पनि
सुगन्धजस्तै फैलिँदा रहेछन्
मनभरि, मुटुभरि, आँखाभरि
र, मस्तिष्कभरि !
यी स्मृतिहरू पनि
हावाजस्तै उड्दा रहेछन्
अदृश्य र
खुला आकाशभरि
यी सम्झनाहरू पनि
अनवरत बग्दा रहेछन्
नदी, खोलानाला र झरना सरी
कहिल्यै नमेटिने
यी यादका तरंगहरू
निरन्तर चल्दा रहेछन्
पलपल चलिरहने श्वासप्रश्वास सरी !
(गुल्मी) -baahrakhari
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्